१ श्रावण २०८३, शुक्रबार

गोरखा र नुवाकोट जिल्लामा ५० हजार आवास पुनर्निर्माण गर्न भारतको प्रतिबद्धता

एसीपी संवाददाता

९ आश्विन २०७७, शुक्रबार ०२:०३ मा प्रकाशित

नयाँ पत्रिका- तस्बिर

चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको सात करोड २० लाख अमेरिकी डलर उपलब्ध गराएको भारतीय दूतावासले जनाएको छ

नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि पूर्वघोषणाअनुसार भारतले एक अर्ब ५४ करोड रुपैयाँ दिएको छ । 

भारतीय दूतावासका नियोग उपप्रमुख नामग्य खम्पाले अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानालाई भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धताअनुरूप नेरु एक अर्ब ५४ करोड (भारु ९६ करोड)को चेक हस्तान्तरण गरेकी छिन् । 

भारत सरकारले आवास परियोजनाअन्तर्गत १५ करोड अमेरिकी डलर अनुदान सहायता  नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । यस चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको सात करोड २० लाख अमेरिकी डलर उपलब्ध गराएको भारतीय दूतावासले जनाएको छ ।

दूतावासका अनुसार भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धतामध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ ।

भारत सरकारले पाँच करोड अमेरिकी डलर अनुदान सहायताअन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ । यसमध्ये भारत सरकारले विद्यालय पुनर्निर्माणतर्फको ४२ लाख अमेरिकी डलरबराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको दूतावासले जनाएको छ।

भूकम्पपछिको पुनर्निर्माणतर्फको प्रयासमा नेपाल सरकार तथा नेपाली जनतालाई निरन्तर सहयोग गर्न भारत प्रतिबद्ध रहेको दूतावासले जनाएको छ ।श्रोत नयाँ पत्रिका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x