१ श्रावण २०८३, शुक्रबार

चिनियाँ कम्पनीको लापरबाहीले ठेक्का तोडने मन्त्रीको चेतावनी

एसीपी संवाददाता

३० कार्तिक २०८१, शुक्रबार १०:१४ मा प्रकाशित

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्रीको निर्देशनको आधारमा बुटवल–नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्ने बताउनुभएको छ ।


चिनियाँ ठेकेदारको लापरबाही बुटवल नारायणगढ सडक खण्ड जाम गर्ने चेतावनी

बिहीबार नारायणगढ–बुटवल सडकखण्ड क्षेत्रमा पर्ने जिल्लाका जनप्रतिनिधिहरुले निर्माण कार्यमा लापरवाही भएको विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझ्ने कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

भौतिकमन्त्री दाहालले मन्त्रालयले बुटवल–नारायणगढ सडक निर्माण कम्पनीलाई लक्ष्य निर्धारण गरेर तिहारपछिबाट काम गर्ने निर्देशन दिएपनि काम अहिलेसम्म थालनी नभएको बताउनुभयो । उहाँले एडिबीको ऋणबाट सञ्चालित आयोजना भएकाले चीनमा निर्माण कम्पनीको कार्यालयमा गएर ताकेता समेत गरिएको बताउनुभयो ।

भौतिकमन्त्री दाहालले समयमा ठेक्का सम्झौताअनुसार काम सक्न बारम्बार भन्दै आएको बताउनुभयो । उहाँले पछिल्लो पटक निर्माण कम्पनीको अधिकार सम्पन्न व्यक्तिले डिसेम्बरको अन्तिमसम्ममा काम शुरु गर्ने एसएमएस पठाएको बताउनुभयो ।

भौतिकमन्त्री दाहालले डिसेम्बरबाट सडक निर्माणको काम थलनी गरेको अवस्थामा भने त्यही निर्माण कम्पनीलाई काम गर्ने दिने तयारी मन्त्रालयले गरेको पनि बताउनुभयो । इमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x