चिनियाँ नागरिकहरु अपराध समलग्न : एटिएम ह्ययाक देखि बिभीन्न ठगिमा एक बर्षमा १५ सय निस्कासित
टुरिस्ट भिसामा बसेर व्यापार र अपराध, चिनियाँमाथि कडाइ गर्दै सरकार
निरन्तर नेपाल बस्ने चिनियाँले अब भिसाशुल्क तिर्नुपर्ने गृह मन्त्रालयको निर्णय
सात वर्षमा नेपालबाट १५ सय चिनियाँ निष्कासित
सुन तथा डलर तस्करी, एटिएम ठगी, वन्यजन्तु ओसारपसारजस्ता गतिविधिमा पटक–पटक चिनियाँहरू नेपालमा पक्राउ पर्दै आएका छन् । बिजनेस भिसामा बस्नेहरूसमेत विभिन्न किसिमका आर्थिक अपराधमा पक्राउ परेका छन् । विभागकै तथ्यांकअनुसार पछिल्लो सात वर्षमा करिब एक हजार पाँच सयजना चिनियाँलाई नेपालबाट निष्कासन गरिएको छ ।
बिआरआइको नाममा चिनले यसरि लिदैछ फाइदा, रहस्य खुल्दा सबै चकित
दुई वर्षअघि अनलाइन ठगीको आरोपमा बुढानीलकण्ठबाट पक्राउ परेका चिनियाँ नागरिक । उनीहरूलाई चीनले प्लेन नै चार्टर्ड गरेर स्वदेश लगेको थियो ।
तिब्बत र चीनको बिवाद आन्तरिक हैन तिब्बती नेताको भनाई , तिब्बतलाई समर्थन गर्दा चीन दूतावासलाई झटका
नेपालमा लामो समयदेखि बस्दै आएका चिनियाँ नागरिक पर्यटन भिसाको दुरुपयोग गरी अन्य गतिविधिमा संलग्न रहेको आशंकामा सरकारले उनीहरूमाथि कडाइ थालेको छ । सन् २०२१ देखि २०२२ सम्म निरन्तर बस्ने चिनियाँले अब भिसाशुल्क तिर्नुपर्ने हुन्छ । हाल चिनियाँका लागि नेपालमा भिसाशुल्क निःशुल्क छ ।
गृह मन्त्रालयले निरन्तर दुई ‘भिसा वर्ष’ बस्ने चिनियाँसँग भिसाशुल्क लिने निर्णय गरी कार्यान्वयनका लागि अध्यागमन विभागलाई पत्राचार गरेको छ । पर्यटन भिसामा एक वर्षमा विदेशी नागरिकहरू बढीमा पाँच महिना नेपाल बस्न पाउँछन् । तर, कतिपय चिनियाँ एक वर्षमा पाँच महिना बसी अर्काे वर्ष सुरु भएपछि नयाँ भिसा लिएर निरन्तर बस्ने गरेको अध्ययनमा खुलेपछि सरकारले कडाइ थालेको हो ।
‘यो वर्षदेखि नै नेपालमा बस्दै आएका चिनियाँले अब सन् २०२२ देखि नयाँ भिसा लिँदा शुल्क तिर्नुपर्ने हुन्छ,’ अध्यागमन विभागका निर्देशक शेखर पौडेलले भने, ‘घुम्न आउने व्यक्ति सामान्यतया पाँच महिनाभन्दा लामो समय बस्दैन, पर्यटन भिसामा आएर अन्य गतिविधिमा नलागून् भनेर यस्तो निर्णय गरिएको हो ।’
कोरोना महामारीका समयमा पनि ठूलो संख्यामा चिनियाँ नेपाल आएका छन् । विभागका अनुसार २०२१ को नोभेम्बरसम्म पाँच हजार नौ सय २० जना चिनियाँ नेपाल आएका छन् । त्यसमध्ये धेरैजसो लामो समय नेपाल बसेको विभागको अध्ययनमा खुलेको छ ।
विभाग स्रोतका अनुसार अहिले पनि करिब एक हजारजना चिनियाँ नेपालमा छन् । ‘घुम्नेभन्दा पनि व्यापारलगायत अन्य गतिविधिमा उनीहरू संलग्न हो जस्तो देखिन्छ,’ विभागका एक अधिकारीले भने, ‘कतिपय चिनियाँले आपराधिक सञ्जाल बनाएको पनि प्रहरी अनुसन्धानबाट देखियो, त्यही कारण अलि कडाइ गर्न लागेका हौँ ।’
तर, विभागले उनीहरू ठ्याक्कै कस्तो गतिविधिमा संलग्न भन्ने पत्ता लगाउन सकेको छैन । विदेशीमाथि निगरानीको जिम्मेवारी विभागकै भएपछि जनशक्ति र स्रोत साधनको अभाव देखाउँदै विदेशीमाथि प्रभावकारी निगरानी हुन सकेको छैन । जसकारण पर्यटन, बिजनेस तथा विद्यार्थी भिसाको दुरुपयोग हुँदै आएको विभिन्न छानबिनबाट पत्ता लाग्ने गरेको छ ।
चिनियाँ पक्षबाटै प्राप्त सूचनाका आधारमा दुई वर्षअघि प्रहरीले गरेको एक अप्रेसनमा एकैपटक एक सय २२ जना चिनियाँ पक्राउ परेका थिए । उनीहरूलाई माफिया गिरोहले नेपालमा राखेर अवैध अनलाइन गेमिङ र ठगीको काममा प्रयोग गरेको खुलेको थियो । पर्यटक भिसामा नेपाल ल्याई त्यस्तो काममा लगाइएको थियो । पक्राउ परेका एक सय २२ जनालाई चीनले प्लेन नै चार्टर गरेर आफ्नो देश लगी कानुनी कारबाही गरेको थियो ।
त्यस्तै, डलर तस्करी, एटिएम ठगी, लागुऔषध तस्करीजस्ता गतिविधिमा पटक–पटक चिनियाँहरू नेपालमा पक्राउ पर्दै आएका छन् । बिजनेस भिसामा बस्नेहरूसमेत विभिन्न किमिसका आर्थिक अपराधमा पक्राउ परेका छन् । विभागकै तथ्यांकअनुसार पछिल्लो सात वर्षमा करिब एक हजार पाँच सयजना चिनियाँलाई नेपालबाट निष्कासन गरिएको छ ।
चिनियाँ पर्यटकलाई आकर्षित गर्न भन्दै ६ वर्षअघि सरकारले उनीहरूलाई नेपालमा भिसाशुल्क नि:शुल्क गर्ने निर्णय गरेको थियो । त्यो सुविधाको दुरुपयोग गरी केही चिनियाँले नेपाललाई आफ्नो अवैध कारोबारको ‘हब’ बनाएका छन् । नयाँपत्रीका


