चिनियाँ सैनिक नियन्त्रणमा
भारतीय सेनाले लद्दाखबाट एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको छ।
सोमबार बिहान लद्दाखको दिमचोक एरियाबाट एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक रिपोर्टहरूका अनुसार नियन्त्रणमा लिइएका व्यक्ति पिपल्स लिबरेसन आर्मी (पिएलए) अमल्दार वाङ या लोङ थिए।
उनीबाट सैन्य कागजातहरू बरामद गरिएको थियो। उनी पिएलएका बन्दुक मर्मत गर्ने सैनिक हुन्। भारतीय सेनाले ती चिनियाँ सैनिक जासुसी गर्न आए/नआएको बारेमा अनुसन्धान गरिरहेको इन्डिया टुडेले जनाएको छ।
प्रस्तावित राजदूत खतिवडा, रेग्मीविरुद्ध गम्भीर प्रकृतिका उजुरी
प्रधानमन्त्री संघीयता विरोधी भए भन्दै मन्त्री,प्रदेश सांसदको व्यापक विरोध
भारतीय सेनाका अनुसार चिनियाँ सैनिक लोङलाई आवश्यकता अनुसार अक्सिजन, खाना र न्यानो कपडा दिइएको छ।
पिएलएबाट आफ्ना हराएका सैनिकलाई छाड्न समेत आग्रह आइसकेको भारतीय सेनाले जनाएको छ।
भारत र चीनबीचको प्रोटोकलका अनुसार ती औपचारिक कामपछि चिनियाँ सैनिकलाई फिर्ता गरिनेछ।
गत जुन १५ गते लद्दाखको गल्वान भ्यालीमा भारत र चीनका सैनिकहरूबीच झडप भएको थियो। त्यस झडपमा भारतीय सैनिकका एक कमाण्डरसहित तीन जनाले ज्यान समेत गुमाएका थिए। त्यसपछि बढेको तनावलाई नियन्त्रणमा लिन दुई देशबीच पटक/पटक वार्ता हुँदै आएको छ। सेतोपाटीबाट




[…] चिनियाँ सैनिक नियन्त्रणमा […]