१३ आश्विन २०८३, मंगलवार

चीन–नेपाल औद्योगिक पार्क शिलान्यास तयारी, जग्गा बिवाद कायम आन्दोलनको चेतावनी

एसीपी संवाददाता

१५ फाल्गुन २०७७, शनिबार ०८:०६ मा प्रकाशित

झापा । झापाको दमक गौरादह र कमल गाउँपालिका छेत्रमा बन्ने भनिएको चीन–नेपाल औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्ड्शिप इन्डस्ट्रियल पार्क) शिलान्यास तयारी  तिब्र रुपमा हुँदैछ । यही फागुन १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक चर्चा र विवादित औद्योगिक पार्कको शिलान्यास गर्दैछन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड दमकका कार्यालय प्रमुख सन्जय थापाका तर्फबाट उक्त प्रस्तावित औद्योगिक पार्कका अध्यक्ष गोबिन्द थापाले  बुधबार झापाको दमकस्थित होटेल कामाक्षामा सरोकारवाला पालिकाका वडाध्यक्ष गौरादह नगरपालिका वडा नं ५ का वडाध्यक्ष छ्त्रपति सुवेदीका साथै पत्रकारहरुलाई सामूहिक रुपमा उक्त शिलान्यासबारे जानकारी गराएका हुन् ।

औद्योगिक पार्कको नामले परिचित यो प्रस्तावित परियोजना जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकासको फरक मोडेल भएकोले जनतालाई रोजगारीको अवसर दिलाइ सरकार पक्षलाई आर्थिक रुपमा समृद्ध बनाउने मेरुदण्ड हुने अध्यक्ष थापाले बताए ।

यो परियोजना नेपाली जनताका निमित्त ठूलो संख्यामा रोजगारीको सिर्जना गराउने परियोजना हुने बताउँदै रोजगार साथसाथै यसले नेपाललाई विश्व बजारमा चिनाउने अवसर प्रदान गर्ने हुनाले हाल नेपालले खेपिराखेको व्यापार घाटालाई समाप्त पार्दै दुई वर्षभित्र नाफामा परिणत गर्ने थापाको दाबी छ ।

पहिलो चरणमा २६ वटा उद्योगहरु स्थापित हुने र यसको उत्पादनले विश्व बजारमा प्रवेश गर्ने साथै नेपाली बजारको मागलाई पनि पूरा गर्ने औद्योगिक ग्राम हुनेसमेत उनको दाबी छ ।

कार्यक्रममा परियोजनाबारे प्रष्ट पार्दै अध्यक्ष थापाले परियोजनाले विश्व मानव विकासलाई सहयोग पुर्याउने बताउँदै यो पार्क नेपालकै सबैभन्दा ठूलो पारदर्शी र प्रविधियुक्त पार्क हुने बताए ।

यसको कुल लगानी हाल यकिन नभए पनि पहिलो चरणमा ७० अर्बसम्म हुन सक्ने बताए । चर्चा र विवादकैबीच प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने तयारी भएको यो परियोजना २२ सय बिगाहा क्षेत्रफलमा फैलिने र हाल १३ सय बिगाहा जमीन एकीकृत गरिसकिएको थापाले बताए ।

शुरुआती चरणदेखि चुलिएको मुआब्जा सम्बन्धी विवादबारे हाल के भैराखेको छ ? भनी सोधिएको पत्रकारहरुको जिज्ञासामा थापाले आफू उक्त विषयमा अनभिज्ञ रहेको र उक्त जिज्ञासाबारे सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सोध्न भनी सुझाव दिए । नेपाल आज बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x