१३ आश्विन २०८३, मंगलवार

चीनबाट अप्रत्यक्षरुपमा ४ करोड लिएको आरोप लागेको जसपाका अध्यक्ष उपेन्द्रद्वारा ओली हटाउने घोषणा

एसीपी संवाददाता

२७ पुष २०७७, सोमबार १६:४९ मा प्रकाशित

नेकपामा संसद पुनस्थापना गराउँन भुमिका खेल्नका लागि चीनबाट अप्रत्यक्षरुपमा ४ करोड रुपैयाँ लिएको आरोप लागेका जसपाका अध्यक्ष उपेन्द्र यादवले ओली सरकार हट्नुपर्ने घोषणा गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले ओलीतन्त्रको अन्त्यबाट नै लोकतन्त्रको रक्षा हुने बताएका हुन् ।

सोमबार वीरगञ्जमा पार्टीले आयोजना गरेको विरोधसभामा बोल्दै जसपाका नेता समेत रहेका यादवले यस्तो बताएका हुन् । 

नेता यादवले भने, ‘बहुमतको सरकार आएपछि आर्थिक विकास, किसान मजदुरको राम्रो दिन आयो भन्ने सोचेका थियौं, तर सरकारले रासायनिक मलको समेत व्यवस्था गर्न सकेन । उखु किसान चिसोमा काठमाडौंमा प्रदर्शन गर्न बाध्य भए, ।’ 

नेता यादवले अघि भने, ‘ओलीले पार्टी तोड्न, संवैधानिक आयोग कब्जा गर्न अध्यादेशबाट देश चलाउन खोजे, ओली सरकार रहेसम्म लोकतन्त्रमा खतरा रहन्छ ।’

ओली संविधान नै खारेज गरेर तानाशाही बन्न तरखरमा रहेको बताउँदै उनले त्यो सपना पूरा हुन दिन नहुने बताए । ‘सार्वभौम सत्ता सम्पन्न जनताको अधिकार कुण्ठित गर्ने अधिकार केपी ओलीलाई छैन, लोकतान्त्रिक मूल्य मान्यतालाई समाप्त पार्नका लागि प्रतिनिधिसभा भंग गरेका हुन्,’ 

नेता यादवले ओली देशलाई पछाडि धकेल्ने तानाशाह बन्ने सोचमा रहेको बताएका छन् । उनले भने, ‘प्रदेशसभा भंग गर्ने, देशमा आपतकालिन अवस्था घोषणा गर्ने र संविधान नै खारेज गरेर देशलाई पछाडि धकेलेर तानाशाह बन्ने सोच ओलीमा देखिएको छ । त्यसलाई कदापी पूरा हुन दिनु हुँदैन ।’ नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x