२ श्रावण २०८३, शनिबार

चीनमा भइरहेको दमन, शोषण अन्त्य गर्न काठमाण्डौमा मुस्लिम समुदायको विरोध प्रदर्शन

एसीपी संवाददाता

२८ कार्तिक २०७७, शुक्रबार ०२:०९ मा प्रकाशित

काठमाडौं । उइगुर मुस्लिम समुदायमाथि चीनमा भइरहेको दमन, शोषण अन्त्य गर्न माग गर्दै मुस्लिम समुदायले विरोध प्रदर्शन गरेका छन्।

जमीअत उलमाए नेपालले उइगुर समुदायमाथि चीनमा भइरहेको अत्याचार बन्द माग गर्दै प्रदर्शन गरेको हो । उइगुर समुदायमाथि दमन गरेर जघन्य अपराध गरिरहेको चीनले मुस्लिम समुदायको संस्कृतिमाथि नै प्रतिवन्ध लगाउने काम गरेको जमीअत उलमाए नेपालका सल्लाहकार युनुस हमरले बताए। मुस्लिम समुदायका व्यक्तिहरुपनि शान्तिका पक्षरहेको उल्लेख गर्दै उनले अन्य धर्मका मानिसहरुजस्तै स्वतन्त्र रुपले बाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्नुपर्ने माग गरे।

प्रदर्शनमा सहभागिहरुले काठमाडौंको पुरानो बसपार्कबाट पद्मकन्या क्याम्पससम्म विरोध र्‍याली गरेका थिए।

प्रदर्शनमा सहभागिहरुले ‘चीनमा उइगुर मुस्लिममाथिको अत्याचार बन्द गर’, उइगुर मुस्लिमलाई स्वतन्त्रता देऊ’, उइगुर मस्लिमको मानवअधिकार बहाली’ गर जस्ता नारा लगाएका थिए ।

उनीहरुले नेपालस्थित चिनियाँ दुतावास अगाडी धर्ना समेत दिएका छन्।नेपालपानाबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x