चीनले अतिक्रमण गरेको भन्ने हुम्लाका स.प्र.जि.अ. दत्तराजले दिए स्पष्टीकरण

नेपाली भूभाग चीनले अतिक्रमण गरेको भन्ने विषयमा गलत अभिव्यक्ति दिएका हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले गृहमन्त्रालयलाई स्थानीयले भनेको कुरामा विश्वास गर्दा आफूबाट गल्ती भएको भन्दै स्पष्टीकरण दिनुभएको छ ।
दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै गृहले मागेको स्पष्टीकरणमा आफुबाट गल्ती भएकाे भन्दै माफी माग्नुभएको हो ।
गृहको प्रशासन महाशाखामा बिहीबार दिउँसो स्पष्टीकरण पत्र पठाउँदै उहाँले स्थानीयले भनेको कुरामा विश्वास गर्दा आफूबाट गल्ती भएको स्पष्टीकरणमा उल्लेख गर्नुभएको छ ।

सहायक प्रजिअ हमालले नाम्खा गाउँपालिका–६ लिमीमा ११ नम्बर सीमास्तम्भ नै गायब भएको र चीनले एकतर्फी रूपमा भौतिक संरचना बनाएको भन्दै छानबिनका लागि स्थलगत प्रतिवेदन तयार पारी गृहमा पठाउनुभएको थियो ।
त्यसपछि गृहले नापी विभागसँग जानकारी लिएको थियो । नापीले पनि अतिक्रमण भनेर गलत हल्ला चलाएको भन्दै छानबिन हुनुपर्ने सुझाव दिएको थियो । परराष्ट्र मन्त्रालयले पनि गलत प्रतिवेदन बनाउने अधिकारीसँग स्पष्टीकरण सोध्न गृहको ध्यानाकर्षण गराएको थियो ।
प्रतिवेदन पठाएपछि हमालले विभिन्न सञ्चारमाध्यमलाई चीनबाट भूमि अतिक्रमण भएको र छानबिनका लागि गृहमा पत्र पठाइसकेको जानकारी दिनुभएको थियो । श्रोत न्यूज२४नेपाल




[…] […]