१५ आश्विन २०८३, बिहीबार

चीनले कोभिड–१९ विरुद्धको खोप जर्मनबाट मगाउने तयारी

एसीपी संवाददाता

२ पुष २०७७, बिहीबार ०३:३० मा प्रकाशित

चीनको एउटा औषधि निर्माता कम्पनी फोसुन फर्माले जर्मन औषधि निर्माता कम्पनी बायोन्टेकबाट कोभिड–१९ विरुद्धको खोप कम्तीमा १० करोड डोज खरिद गर्ने सम्झौता गरेको जनाएको छ । तर यसका लागि चीन सरकारबाट अनुमति प्राप्त हुन भने बाँकी छ ।

स्थिति सहज रहे प्रधानमन्त्री ओलि भारत जान सक्ने


चीनले कोभिड–१९ विरुद्धको खोप आफैं विकास गर्नुका साथै उत्पादन क्षमता बढाउन काम गरिरहेको छ । विश्वकै सर्वाधिक जनसंख्या रहेको चीनको आवश्यकता पूरा गर्न स्थानीय फर्महरुले विदेशी कम्पनीसँग पनि साझेदारी गरिरहेका छन् ।

सङ्घाई फोसुन फर्मास्युटिकल ग्रुपले चीनमा आवश्यक खोपको आपूर्ति सुनिश्चित गर्न जर्मन कम्पनीसँग सम्झौता गरेएको जनाएको छ । यसै वर्षको अन्त्यसम्ममा पाँच करोड डोज खोपका लागि १५ करोड २० लाख डलर भुक्तानी गर्ने र बाँकी १२ करोड ५० लाख युरो चीनले खोप स्वीकृत गरेपछि भुक्तानी गर्ने फोसुनले जनाएको छ । तर बाँकी पाँच करोड डोज खोप कहिले चीन आइपुग्छ भन्ने फोसुनले स्पष्ट गरेको छैन ।

फाइजर र बायोन्टेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप यसअघि नै संयुक्तराज्य अमेरिका, बेलायत र सिंगापुर समेतका मुलुकमा लगाउन थालिएको छ ।

चीनमा हाल पाँच किसिमका खोप अन्तिम चरणमा रहेका छन् । हाल कम्तीमा १० लाखभन्दा बढी व्यक्तिलाई खोप लगाउनुपर्ने अवस्था रहेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।
विश्वका अन्य मुलुकमा चिनियाँ खोप वितरणका लागि चीनले सम्झौता पनि गरिरहेको छ । चिनियाँ खोपको मूल्य ६४ डलर (दुई डोज) पर्छ । नयाँपत्रीकाबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x