१ श्रावण २०८३, शुक्रबार

छठ पर्व ! महापर्व !! राष्ट्रिय पर्व = माननीय खानेपानी मन्त्री

एसीपी संवाददाता

२२ कार्तिक २०८१, बिहीबार १६:१३ मा प्रकाशित

छठ पर्व ! महापर्व !! राष्ट्रिय पर्व !! का रूपमा मनाईदै छ । नेपाल सरकार का खानेपानी मन्त्री प्रदीप कुमार यादवले आज छठि मैयाँ को दाउरा ( डोको )  टाउको मा बोकेर हिन्नु भएको भिडियो समाजिक संजाल मा चर्चा भएको छ । 

माननीय मन्त्रीले पोस्ट गरेको धारणा /   लोक आस्था र प्रकृति पूजनको प्रतीक महान् पर्व छठको पावन अवसरमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजा गर्न आफ्नो पैतृक गाउँ वीरगञ्ज महानगरपालिका–२२, मनियारीस्थित छठ घाटमा परिवारसँगै “दउरा” लिएर पुग्ने सौभाग्य प्राप्त भयो।

अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दा सम्पूर्ण देशको समृद्धि, सुख-शान्ति, र हर्षोल्लासको कामना गर्दछु । यो महान् पर्वले सम्पूर्ण नेपालीलाई आफ्नो परम्परा र संस्कृति प्रति गर्व गर्न प्रेरित गरोस् र हामी सबैको जीवनमा छठी माताको अपार कृपा रहिरहोस् ।

जय छठी माई!

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x