१२ भाद्र २०८३, शुक्रबार

छिमेकी मुलुक चीनले किन दिएन बाढीपहिरोको सूचना ? दोस्तीको नाममा खन्जर

एसीपी संवाददाता

१२ भाद्र २०८३, शुक्रबार १३:३७ मा प्रकाशित

बाढीअघि चीनबाट नेपाललाई किन आएन पूर्वसूचना ?
रसुवा–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपाल–चीनबीचको पूर्वसूचना र सूचना आदानप्रदान प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ।
२६ अगस्टमा नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भीषण बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएपछि नेपालमा एउटा महत्वपूर्ण प्रश्न उठेको छ—यदि सीमापार क्षेत्रमा यति ठूलो प्राकृतिक विपद्को संकेत वा जोखिम पहिल्यै पहिचान भएको थियो भने नेपाललाई समयमै सूचना किन पुग्न सकेन ?
बाढी अत्यन्त तीव्र गतिमा आएको र केही क्षेत्रमा नदीको पानी छोटो समयमै अस्वाभाविक रूपमा बढेको रिपोर्टहरू आएका छन्। विशेषज्ञहरूले यस्तो विपद्मा प्रभावकारी पूर्वसूचना प्रणाली र सीमापार सूचना आदानप्रदानको महत्व औंल्याएका छन्।
तर चिनियाँ दूतावासले भने नेपाललाई पूर्वसूचना नदिएको भन्ने आरोपलाई ‘भ्रामक’ र ‘फेक न्युज’ भन्दै खण्डन गरेको छ। चिनियाँ पक्षका अनुसार विपद् अचानक हिमनदी वा हिम–चट्टान भत्किएपछि आएको ठूलो पहिरो र बाढीका कारण भएको हो।
यसबीच नेपाल सरकार र नेपाली जनतामा गम्भीर चासो पैदा भएको छ।

छिमेकी मुलुकबीच विपद्को सूचना आदानप्रदान, नदीको बहाव निगरानी र पूर्वचेतावनीको प्रभावकारी संयन्त्र किन अझै पर्याप्त हुन सकेन ? भन्ने प्रश्नको जवाफ अब खोजिन आवश्यक छ।
विपद्का बेला आरोप–प्रत्यारोपभन्दा पनि सत्यतथ्यको निष्पक्ष छानबिन र भविष्यमा यस्तो घटना दोहोरिँदा नेपालका नागरिकलाई समयमै सुरक्षित गर्न सक्ने स्थायी नेपाल–चीन पूर्वसूचना संयन्त्र निर्माण गर्नु आजको आवश्यकता हो।
छिमेकी भनेको संकटमा साथ दिने हो।
नेपालले अब प्रश्नको स्पष्ट जवाफ र प्रभावकारी पूर्वसूचना प्रणाली खोजेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x