१२ असार २०८३, शुक्रबार

जग्गाधनीहरुलाई लालपुर्जा वितरण

एसीपी संवाददाता

३ कार्तिक २०७७, सोमबार ०६:१७ मा प्रकाशित

वाटरपार्क जग्गा एकीकरण परियोजना अन्तर्गतका सुरु गरिएको छ ।
नेपालगञ्ज उप–महानगरपालिकाको वडा नम्बर १ र १८ मा रहेको जग्गाको एक दशकपछि स्थायी प्रमाणपत्र प्राप्त गरेपछि जग्गाधनीहरु उत्साहित भएका छन् । नगर प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्काले आइतबार उप–महानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा जग्गाधनीहरुलाई स्थायी लालपुर्जा हस्तान्तरण गर्नुभयो । जग्गाधनीलाई स्थायी लालपुर्जा हस्तान्तरण गर्दै नगर प्रमुख राणाले लामो समयको प्रयासपछि वाटरपार्क परियोजनाको सम्पूर्ण कानूनी प्रक्रिया पुरा भई सम्पन्न हुने चरणमा पुगेको जानकारी दिनुभयो ।

ओली सरकार असफल हुनाका कारण बुँदागत

बालबालिकामा सचेतना फैलाउन बाँके युनेस्कोद्वारा शिक्षकहरुलाई स्टीक एण्ड स्टोन प्रशिक्षक प्रशिक्षण प्रदान

स्थायी पुर्जा वितरण सकिएलगत्तै सडक, खानेपानी, विद्युत लगायतका कामका लागि ८० करोड बढिको टेण्डर प्रक्रियामा रहेको जानकारी दिनुभयो । वाटरपार्क परियोजना अन्तर्गत घर निर्माणका लागि एकरुपता दिइने भएको छ । घरको डिजाईन र रङ एकै प्रकारको हुने भएको छ ।

डेढ वर्षभित्र सम्पूर्ण रुपमा परियोजनाको निर्माण कार्य सम्पन्न गर्ने गरि तयारी भईरहेको नगर प्रमुख राणाको भनाई छ । २०६७ सालमा आयोजना स्वीकृत भएको हो । अब स्थायी पुर्जा प्राप्त भएपछि स्थानीयले घर निर्माण लगायतका अन्य कार्य गर्न पाउने भएका छन् ।

बाँकेमा प्रहरी उपरिक्षक ओमबहादुर राना स्वयम फिल्डमा खटिए पछि
वाटरपार्क परियोजना अन्तर्गत ६६२ जनालाई स्थायी पुर्जा वितरण गरिदैछ । बाँकी रहेको जग्गा भने प्लटिङ गरि विक्रि गरिनेछ । वाटरपार्क परियोजना अन्तर्गत ६५ विघा जग्गा रहेको छ । जग्गाको न्यूनतम मुल्यांकन समेत भईसकेको छ । वाटरपार्क आयोजना अन्तर्गतका जग्गाधनी बलवहादुर चन्दले नेपालगञ्ज नगर विकास समितिमा जनप्रतिनिधीहरुको नेतृत्व भएपछि काम तिव्र रुपमा सञ्चालन भई जग्गाधनी स्थायी पुर्जा पाउन सफल भएको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x