१ श्रावण २०८३, शुक्रबार

टोल टोलमा काङ्ग्रेस , अभियानको क्रममा अलग अलग स्थानमा अन्तरक्रिया कार्यक्रम

एसीपी संवाददाता

७ पुष २०८१, आईतवार ०९:३८ मा प्रकाशित

बाँके – नेपाली काङ्ग्रेसको टोल टोल काङ्ग्रेस अभियानले अनतरक्रीयालाई निरन्तर दिदै अभियान नरैनापुर गांउपालिका वडा नं ६ को सोनबर्षा टोलमा टोल सभापति मिश्री लाल राढको सभापतित्वमा अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न  भएको छ ।  यस्तै  नेपाली काङ्ग्रेस जिल्ला स्तरीय “अभियानको क्रममा  राप्तीसोनारी-२ र कोहलपुर-८ कार्यक्रम सम्पन्न भएको छ ।
“टोल टोलमा कांग्रेस अभियान ” अन्तरगत राप्तीसोनारी वडा नं २ को शम्शेरगंज टोलमा टोल सभापति कृष्ण दहित चौधरीको सभापतित्वमा  कार्यक्रम सम्पन्न भएको छ ।  कोहलपुर वडा नं ८ को बाबानगर टोलमा टोल सभापति तेज बहादुर पुनको सभापतित्वमा अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो । तहगत पार्टीका नेतृत्व र जनप्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा सहभागी पार्टीका स्थानिय नेता तथा कार्यकर्ता साथीहरूले उठाएका सवालहरूका बारेमा पार्टीका तहगत नेतृत्वका साथै जनप्रतिनिधिहरूले जवाफ दिनुभएको थियो।कार्यक्रममा उपस्थिती जनाएकोमा नेता कार्यकर्तालाई छेत्रीय सभापति पोसण केसीले धन्यवाद दिनु भएको थियोे । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x