२५ श्रावण २०८३, सोमबार

जनतासॅंग जसपा नेपाल , बाँकेको बैजनाथ गाउॅंपालिकामा संगठन निर्माण

एसीपी संवाददाता

१२ फाल्गुन २०८१, सोमबार १७:५५ मा प्रकाशित

बाँके –  बाकेको बैजनाथ गाउँ पालिकामा जनता समाजवादी पार्टी नेपालले आफ्नो संगठन गठन गरेको छ ।  जनतासॅंग जसपा नेपाल -आधारभूत संगठन निर्माण अभियान संगठन बिस्तार तथा भेटघाट कार्यक्रम क्षेत्र नं ३ बाकेंको  बैजनाथ गाउॅंपालिकाको ऐतिहासिक भेला सम्पन्न भएको  छ ।  आज सम्पन्न जसपा नेपालको इतिहासिक  संगठन गठन कार्यक्रम बैजनाथमा सम्पन्न भएको हो । संगठन गठन  कार्यक्रमको जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य  एवं लुम्बिनी प्रदेश सभा सदस्यीय माननीय अम्बिका काफ्लेको संयोजत्वमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपाल का केन्द्रिय सदस्य रामकुमार यादव रहनु भएको थियोे ।जनता समाजवादीपार्टी लुम्बिनी प्रदेश का मुख्य सचीव राजन बहादुर राना मगर , सचीव सुसिला पौडेल ,प्रदेश सदस्य इसरत अलि मुकेरी,जिल्ला अध्यक्ष कौशल धोबी,जिल्ला सदस्य अनिल पौडेल ,जनता समाजवादी पार्टी नेपाल जिल्ला युवा संघका गज्जु चन्द  , युवा नेता इरफान अन्सारी ,जिल्ला सदस्य राम खेलावन थारू लगायत नेताहरुको उपस्थिति रहेकोे थियोे ।

गठित समितिको अध्यक्षमा हाऊराम थारू र 
लिला डि सी -उपाध्यक्ष
राजाराम थारू -उपाध्यक्ष
लक्ष्मी सलमानी-सचिव
गंगा राना मगर-कोषाध्यक्ष
बिमला परियार-सह-सचिव
शान्ती अहिर -सदस्य
रम्भा देवी थारू -सदस्य
डिल्ली शाह -”
रेशम राना मगर -“लगायत २१ सदस्य समिती पालिका गठन भएको हो  स्थानीय नेता सुर्य लाल यादव बताउनु भयो । कार्यक्रममा जिल्ला अध्यक्ष कौशल धोबीको लगाएत नेताहरूको उपस्थिति रहेको थियोे । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x