१४ आश्विन २०८३, बुधबार

जनमत पार्टी बाँकेमा बिभिन्न ब्यक्ति प्रवेश

एसीपी संवाददाता

१२ फाल्गुन २०७७, बुधबार १४:२६ मा प्रकाशित

जनमत पार्टी बाँकेद्धारा बाँकेको डुडुवा २ बेतहनीमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । बुधबारको भेला पश्चात् २०० भन्दा बढी जनमत पार्टीमा प्रवेश भएका छन।
आजको भेला डुडुवा(२ का अध्यक्ष शिव कुमार चौधरीको अध्यक्षमा भएको थियो भने प्रमुख अतिथि केन्द्रीय सदस्य नेता इरफान अहमद शेष रहेका थिए ।

त्यस्तै जनमत पार्टीका जिल्ला अध्यक्ष रियाज अहमद शेष, जिल्ला प्रवक्ता शैलेन्द्र कुमार कर्ण, जिल्ला सदस्य एंव क्षेत्र नंबर(२ का संयोजक जाबिर हल्वाई,जिल्ला सदस्य एंव नेपालगन्ज उपमहानगरपालिका संयोजक रियाज अंसारी, जिल्ला सदस्य नौसाद अंसारी, युवा नेता हुशेन अंसारी,जिल्ला सदस्य मुजफ्पर शेष,जिल्ला सदस्य एंव मुस्लिम जनमत संघका अध्यक्ष अब्दुल वाहिद शेष, जिल्ला सदस्य फारूक हासमी, डुडुवा गा.पा. सदस्यद्धय शान्ति गोडिया तथा आरिफ दर्जि लगायत नेताहरुको उपस्थिति रहेको थियो।

आजको कार्यक्रममा बोल्नेक्रममा नेता इरफान अहमद शेषले अहिले सम्म मधेशलाइ मधेसीको नाममा ठग्ने काम मात्र भएकोले अब मधेसी जनसमुदाय समक्ष जनमत पार्टीको बिकल्प नरहेको भनेका छन, उहाँले ७० वर्ष देखि काँग्रेस , कम्युनिस्ट , फोरम लगायतले ठगेका छन अब आउने दिनमा यसको हिसाब मधेशी जनताले लिइनेछन मधेशलाई अहिले सम्म नै कमाउने थलो मात्र बनाएका थिए अब यी दुष्ट भ्रष्टाचारीहरूको दिन गई सकेकोले जनमत पार्टीको उदय हुने निस्चित रहेको ठोकुवा गरेका छन । हामी राजनीति गर्नको लागि नभई राजनीति सिकाउनको लागि राजनीतिमा आएको समेत भनेका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x