जनमत पार्टीले नेपालगन्जमा रङ्गभेद विरोध एकता दिवस मनायो
जनमत पार्टी बाँकेद्वारा आयोजित केन्द्रीय कार्यक्रम रङ्गभेद विरोध एकता दिवसमा बाँके प्रहरीको हस्तक्षेप भएको बताइएको छ ।
चौलिक्का चौकमा कोणसभा हुन अगाडी नै राजनीतिका कारणबाट हाम्रो कार्यक्रममा प्रहरीले हस्तक्षेप गरि संस्थापक केन्द्रीय सदस्य इरफान अहमद शेष लगायत जाबिर हल्वाई, राजू शेष तथा विनोद कुम्हारलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यलय लागि रिहा गरिएको थियो । आफ्नो कार्यकर्ताको र आफ्नो अपमान गरेकोले यस घटनामा संग्लग्न प्रहरी सीमा चौकी(जैसपुर)का इन्चार्ज सई मीन बहादुर विष्ट तथा अर्का सई नाम न खुलेको माथि तत्काल कार्वाही गर्न माँग समेत गरेको पार्टीले जनाएको छ।
साथै गिरफ्तार गरिएका सम्पूर्ण नेताहरु रिहा भएको जनमतका केन्द्रिय सदस्य इरफान शेखले जनाएका छन । रङ्भेदको संविधान संशोधन गर्नु पर्ने प्रहरी प्रशासनमा स्थापित रङ्भेद समाप्त गर्नु पर्ने माग गर्दै जनमत पार्टीले बुधबार रङ्भेद विरुद्धको दिवस मनाएको छ ।


