२ श्रावण २०८३, शनिबार

जमुनाह नाकामा भारत जानेहरुको हरेक दिन लाग्छ घुईचो

एसीपी संवाददाता

१६ कार्तिक २०७७, आईतवार १७:१३ मा प्रकाशित

कामका लागि भारत जाने र फर्किनेको नेपालगन्ज नाकामा घुइँचो लागेपछि इलाका प्रहरी कार्यालय, जमुनाहलाई थेग्न मुस्किल परेको छ । दसैँ सकिए लगत्तै कर्णाली र लुम्बिनी प्रदेशको पूर्वी रुकुम, दाङ, प्यूठान, रोल्पा, बाँके र बर्दिया जिल्लाका सर्वसाधारण कामको खोजीमा भारत जान नेपालगन्ज नाका पुगेपछि प्रहरीलाई थेग्न मुस्लिक परेको इलाका प्रहरी कार्यालय, जमुनाहका इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु गिरीले बताए ।

उनले हुल बाँधेर आएका सर्वसाधारणलाई रोक्न सक्ने अवस्था नरहेको बताए । ‘कामका लागि भारत जानेहरु एकसाथ ठूलो संख्यामा आउँछन् । कतिलाई सम्झाउनु, बुझाउनु । सम्झाउन खोज्दा तथानाम गाली गर्छन्,’ उनले भने, ‘भारत जानेलाई रोक्न खोज्यो, भारतबाट फर्किनेहरु जवरजस्ती प्रवेश गर्न खोज्छन् ।

नाकामा आएकालाई रोकेर साध्य छैन ।’उनले फूलपाती, महाअष्टमी र महानवमीका दिन समेत नेपालीहरु कामको खोजीमा भारत गएको बताए । दसैँको टीकाका दिन नेपालीहरु भारत नगएको बताउँदै एकादशीका दिनदेखि कामका लागि भारत जाने नेपालीको नाकामा लर्को लागेको स्पष्ट पारे । ‘टीकाको भोलीपल्टदेखि भीड थामी नसक्नु छ । भीड नियन्त्रणका लागि थप बल मगाउनु पर्ने अवस्था आइसक्यो,’ गिरीले भने ।


भारतीय पक्षले नरोक्दा भारत जानेको नाकामा घुइँचो
१४ कात्तिकमा नेपालगन्ज नाकाबाट सात सय नेपाली कामको खोजीमा भारत पलायन हुँदा १५ कात्तिकमा त्यसको दोब्बर एक हजार तीन सय ६० नेपाली भारत प्रवेश गरेको उनले बताए । नाका खुलेको हल्लाले कामका लागि भारत जानेहरु नाकामा आउने गरेको बताउँदै उनले लकडाउनका बेला फर्किएकाहरु अहिले फेरि भारत जान लागेको बताए ।
दसैँअघि आधार कार्ड भएकालाई मात्र भारत जान दिएको बताउँदै उनले भारतीय पक्षले नरोकेपछि नभएकालाई पनि जान दिएको बताए । ‘भारतीय पक्षले नरोक्दा हामीलाई समस्या भएको छ,’ उनले भने, ‘अनौपचारिक रुपमा भारतीय पक्षले आफ्नो तर्फबाट नाका खुल्ला गरिसक्यो । यसको असर हामीलाई परिरहेको छ ।’


उपचार, औषधि खरिद र विरामी भेट्घाटको नाममा नेपाल–भारत आउजाउ
उपचार र औषधि खरिदका लागि भारत जाने नेपाली र नेपाल आउने भारतीयलाई सहुलियत दिएको प्रहरीले जनाएको छ । त्यसैगरि, विरामी भेट्घाट र मलामी जानका लागि आउने तथा जानेहरुलाई पनि आउजाउ गर्न दिएको प्रहरी नायव निरीक्षक गिरीले बताए ।
उपचार, औषधि खरिद, विरामी भेटघाट, मलामीका लागि दैनिक सरदर पाँच सय नेपाली भारत जाने र सोही परिमाणका भारतीय नेपाल आउने गरेको उनको भनाई छ । ‘विरामीको पर्चा र वडा कार्यालयको सिफारिसको आधारमा दिनभरका लागि नेपाल–भारत आउजाउ गर्न दिइएको छ,’ उनले भने । गोेचालीखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x