२ श्रावण २०८३, शनिबार

जमुनाहमा चेकजाँच कडा,नेपालबाट कुन बाटो हुन्छ मटर,छुहारा तस्करी

एसीपी संवाददाता

६ मंसिर २०७७, शनिबार ०७:५४ मा प्रकाशित

सिमानाकामा अहिले छुहाराको बोरा लिएर साइकलमा क्यारिङ गरेको पाईएको छ । बाकेको जमुनाह नाका सङ जोडिएको रुपैडिहा बजारमा नेपालबाट लगेको छुहाराको बोरा बोकेर तस्जरहरु खुलेआम तस्करि गरि रहेका छन् । समस्या हामीलाई त्यो हैन कि सिमापारी के हुँदै छ । हामीलाई सोक्नु पर्ने कुरा के छ भने जब नेपालबाट चाईनिज समान छुहारा मटर भारत तर्फ जान्छ भने के नेपाल तर्फ लागु औसध ब्राउन सुगर पदार्थ जस्तो समान र अबैध भन्सार छली गरि आउने सामाग्री कहि यहि बाटो भएर आउने गरेको हो कि ? गम्भीर कुरा के छ भने बिओपिको धेरै स्थानमा पोस्ट हुदाहुदै नेपालबाट ई समाग्री कसरी भारत तर्फ गए अहिले जमुनाह सिमानाकामा मान्छेहरुलाई आवत जावत गर्न धौ धौ भईरहेको बेला ई अबैध समान कहाँबाट कुन बाटो जाने गरेको छ ।         शसस्त्र प्रहरी बलको बिभिन्न स्थानमा स्थापना भएको बिओपी पोस्टको भुमिका के छ ।
ईलाका प्रहरी कार्यालयका जमुनाह इन्चार्ज बिष्णु गिरि सङ सोध पुछ गर्दा जमुनाहको मुख्य नाकाको ५० मिटर पुर्ब पश्चिम् सम्म ईलाका जमुनाहमा छ बाकी हाम्रो ई ५० मिटर भित्र हामी पुर्ण कडाईका साथ चेकजाँच तथा मान्छे आवत जावत गर्नेलाइ कडा चेकजाँच गरि मात्र आवत जावत गर्न दियेको छ । भारत जानेले आधारको प्रमाणपत्र र नेपाल आउनेले नेपाली नागरिकताको प्रमाणपत्र दिखाए मात्र आउने दिएको हो । अहिले नेपाल सरकारले मङ्सिर ३० गते सम्म सिमानाका बन्द राख्ने निर्णय गरेको छ । अहिले भारत तर्फ बाट एस एस बिले सहजै आउने जाने दिन शुरु गरे पछि ईलाका प्रहरी कार्यालय जमुनाह सहित विभिन्न जिल्लाका सिमानाकामा तनाव हुने गरेको छ । भिडलाई ब्यस्थापन गर्न धौ धौ हुने गरेको एक जना स्थानीयले बताएका छन् । अहिले विभिन्न जिल्लामा शसस्त्र प्रहरी बलको बिओपी स्थापना भए पनि तस्कर माथी अन्कुश नगाउन नसकेको एक जना स्थानीयले बताएका छन् । गाउँ गाउँको बाटो भएर भारत बाट नेपाल र नेपाल बाटो हुदै भारत तर्फ तस्करी हुँदै छ हामीलाई मात्र आवत जावत गर्न रोक लागेको छ बरु सिमानाका छिटोभन्दा छिटो खोल दिनु पर्‍यो पहल गर्न अनुरोध गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x