३२ असार २०८३, बिहीबार

जसपा नेपालको केन्द्रिय कार्यालयमा बैठक

एसीपी संवाददाता

२९ चैत्र २०८१, शनिबार १३:३८ मा प्रकाशित

काठमाडौं –  जनता समाजवादी पार्टी नेपालले दलित, आदिवासी जनजाति, पिछडावर्ग, थारू, मुश्लिम, अल्पसंख्यक समुदाय  महिलामाथि भइरहेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक असमानता, विभेद, शोषण र उत्पीडनलाई अन्त्य गर्नु पर्ने माङ गरेको छ ।  उत्पीडित समुदायहरूको राष्ट्रिय पहिचानको मान्यता, जनसङ्ख्याको आधारमा प्रतिनिधित्व, मानव अधिकारको प्रत्याभूति, सबैलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवामा पहुँच, रोजगारी, सामाजिक सुरक्षा, समानता र सामाजिक न्यायको प्राप्तिका लागि संघर्ष गर्न यी समुदायहरूसँग सम्बन्धित संगठन÷संघ, संस्था र व्यक्तिहरू सम्मिलित रहने गरी दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसङ्ख्यक समुदायहरुको परिसंघ गठनका लागि छलफल गर्न बृहत् बोलाइएको हो ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जसपा नेपालका अध्यक्ष माननीय उपेन्द्र यादव को प्रमुख वक्ता रहनु भएको सो बैठकमा पार्टीका अन्य शीर्ष नेतादेखि परिसंघको मुख्य घटकका नेता कार्यकर्ताहरु सहभागी रहेका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x