जापानका प्रधानमन्त्रीको सभामा बम प्रहार
जापानी प्रधानमन्त्री फुमियो किशिदाको सभामा विस्फोट भएको छ । जब प्रधानमन्त्री फुमियोले भाषण दिइरहेका थिए, त्यही समयमा स्मोक बम आक्रमण भएको थियो । प्रधानमन्त्रीलाई सुरक्षाकर्मीले सकुशल बाहिर निकालेका छन् । प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेको छ ।
जापान टाइम्सका अनुसार प्रधानमन्त्री फुमियो किशिदाले वाकायामा सहरमा आफ्नो भाषण सुरु गर्नुअघि नै विस्फोट भएको हो। स्मोक बम फालेपछि वरपर धुवाँको मुस्लो भएको थियो । घटनाको भिडियोमा घटनास्थलमा जम्मा भएका मानिसहरु सकुशल भाग्न दौडिरहेको देख्न सकिन्छ । यसैबीच सुरक्षाकर्मीले एक जनालाई पनि पक्राउ गरेको हो । उनले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारको समर्थनमा भाषण दिन लागेको बताइएको छ ।
जापानका प्रधानमन्त्रीको सुरक्षा व्यवस्था भारत र नेपालका प्रधानमन्त्रीको जस्तो छैन । जापानमा निकै कडा कानुन छ । त्यहाँ धेरै कम विदेशीहरू छन्। सुरक्षित देशमा सुरक्षाको खाँचो छैन तर सिन्जो आबेमाथि हमला भएपछि प्रहरीले यसबारे समीक्षा गरेको थियो र यसअघि सुरक्षा व्यवस्था कडा पारिएको थियो तर अहिले जापानी प्रहरीले फेरि एकपटक वर्तमान प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको छ । विष्फोटका सम्बन्धमा सुरक्षा व्यवस्थाको समीक्षा गर्नुपर्ने भएकोले आगामी दिनमा हिरोसिमा सहरमा पनि G7 को तयारी भइरहेको छ ।


