जिल्ला प्रहरी कार्यालय, बाँकेको अनुरोध
होली पर्व २०८१ को अवसरमा सम्पुर्ण बाँके बासी आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
होली पर्व मनाउने बाहानामा कसैको ईच्छा बिपरित लोला हान्ने रङ दल्ने कार्य नगरौ , चार्ड पर्व मनाउने बाहानामा अत्याधिक मादक पदार्थको सेवन गरि अमर्यादित तथा उच्छृङ्खल कार्यहरु नगरौ , चार्ड पर्व मनाउदा हो-हल्ला तथा चर्को आवाजमा साउण्ड सिष्टमको प्रयोग नगरौ
आत्मिय रुपमा नजिक भएका ब्यक्ति वा आफन्तहरु संग मात्र होली खेलौ , अपरिचित मानिसहरुको समुहमा होली नखेलौ, अशक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई कुनै पनि दुर्व्यवहार नगरौ , रेलिङ नभएको छत तथा बिच सडकमा होली नखेलौ , ट्रैफिक नियमको पुर्ण रुपमा पालना गरौ सवारी दुर्घटनाबाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ
मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं, भिडभाड हुने स्थानमा पाकेटमारी, लुटपाट तथा स्न्याचिङ जस्ता घटनाहरु बढि हुने सम्भावना हुने हुँदा सावधान रहौ , महांगा गरगहना लगाई होली खेल्ने ठाउँमा नजाऔं , कुनै पनि अपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा नजिकैको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाईन नमबर १०० मा सम्पर्क गरौ साथै कसैको ईच्छा बिपरित रङ दलेमा, लोला प्रहार गरेमा वा होली पर्व मनाउने बाहानामा कोही कसै माथि दुर्व्यवहार गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने ब्यहोरा सबैमा सूचित गरिन्छ ।


