१ श्रावण २०८३, शुक्रबार

जोगागाउँस्थित श्री श्री श्री १००८ बाबा बलदेव दासजी महाराजको मन्दिरमा विशाल भण्डारा हुने

एसीपी संवाददाता

१९ पुष २०८१, शुक्रबार १३:३३ मा प्रकाशित

बाँकेको जानकी गाउँपालिकाको जोगागाउँस्थित श्री श्री श्री १००८ बाबा बलदेव दासजी महाराजको मन्दिरमा विशाल भण्डारा हुने भएको छ ।

जानकी गाउँपलिका वार्ड नं. २ जेगागाउँस्थित श्री श्री श्री १००८ बाबा बलदेव दासजी महाराजको मन्दिरमा पाँचौ विशाल भण्डाराको तयारी गरिएको हो । उक्त भण्डारालाई भब्यतब्य सम्पन्न गर्नका लागि आवश्यक तयारी तिब्र पारिएको छ ।

विशाल भण्डाराका लागि आवश्यक सहयोगका साथ तयारी अन्तिम चरणमा पुगेको समाजसेवी युवा एवम् ग्रिनसिटी नेपालगन्जका प्रमुख रासिद कुरैसी पप्पुले बताउनुभयो ।

उहाँका अनुसार उक्त भण्डारामा प्रसाद ग्रहणका लागि सम्पुर्णमा आवहान समेत गरिएको छ । मन्दिरमा हरेक वर्ष नियमित रुपमा भण्डारा हुने गर्दछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x