११ मंसिर २०८३, बिहीबार

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

एसीपी संवाददाता

५ पुष २०७७, आईतवार ०४:५२ मा प्रकाशित

बैतडी । ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बैतडी जिल्लाको मेलौली नगरपालिका ९ असुरपाबाट मेलौलीतर्फ जांँदै गरेको सुप प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परी ट्याक्टरमा सवार रहेका मेलौली नगरपालिका ९ का ३२ वर्षीय नारायण भट्ट र सोही ठाउँका ५८ वर्षीय नारायण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । प्रहरीका अनुसार ट्याक्टर सडकबाट करिब एक सय मिटर तल खसेको छ भने चालक अमृत चौधरी समान्य घाइते हुनुभएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x