३२ असार २०८३, बिहीबार

ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध ट्रामाडोल सहित ३ भारतीय नागरिक पक्राउ

एसीपी संवाददाता

१८ फाल्गुन २०८१, आईतवार १७:४९ मा प्रकाशित

बाँके प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध ट्रामाडोल सहित ३ भारतीय नागरिकलाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक दिपक पातलीले नेपालगञ्जको जयसपुर नजिकैबाट पाँचहजार ट्याब्लेट ट्रामाडोलसहित नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जानकारी दिए ।

प्रहरीका अनुसार नेपालगञ्ज–१६ भन्सार चोक नजिकै ईप्रका जयसपुरबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपाल आउदै गरेको युपी ४० आर ७१४५ नंबरको मोटरसाईकलमा सवार रहेका व्यक्तिका साथबाट सो बरामद भएको हो । 

प्रहरीलाई उनीहरुको गतिबिधि प्रति शंका लागेर खोजतलास गर्दा नेपालगञ्ज–१६ जयसपुरका २४ वर्षिय नफिस अहमद कबडिया, भारत कलकत्ता घर भई हाल नेपालगञ्ज–१० ट्राफिक चोक बस्ने वर्ष ३८ को जियाउल शेष र भारत जगोरका हाल ट्राफिक चोक बस्ने १८ वर्षिय सद्दाम शैयदका साथबाट सो प्रतिबन्धित ट्रामाडोल ट्याब्लेट बरामद भएको हो । सो मोटरसाईकल नफिसले चलाएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x