१२ असार २०८३, शुक्रबार

डा.केसीको मागका लागि सरकार गम्भिर नभएको भन्दै माइतिघर मण्डलामा प्रदर्शन

एसीपी संवाददाता

२४ आश्विन २०७७, शनिबार १३:१८ मा प्रकाशित

अनसनरत डा केसीको माग सम्बोधनका लागि सरकार गम्भिर नभएको भन्दै डा केसीका समर्थकहरुले माइतिघर मण्डलामा प्रदर्शन गरेका छन् ।

सोलिडारिटी फर डा केसी अलायन्सले शनिबार माइतिघर मण्डलामा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले ‘सत्याग्रही मार्न खोज्ने सत्ता धेरै दिन टिक्दैन, जनता माग्छ अस्पताल सरकार दिन्छ भ्यूटावर, गोविन्द्र केसीको माग पुरा गर गोविन्द केसीको जीवन रक्षा गर लगायतका प्लेकार्ड बोकेर नारा लगाउँदै माइतिघरमा धर्ना दिएका छन् ।

डा केसीको माग सम्बोधन गर्न सरकारद्धारा गठित वार्ता टोली र डा केसी पक्षबीच बिहीबार भएको वार्ता सहमति नजिक पुगिसकेको भएपनि शुक्रबार शिक्षा मन्त्री र प्रधानमन्त्रीको निर्देशनमा सरकारी वार्ता टोली पछि हटेको डा केसीका समर्थक अधिवक्ता ओम प्रशास अर्यालले बताउनु भयो ।

उहाँले सरकारले वदनियत पूण तरिकाले डा केसीको जीवनमा दुर्घटना हो भन्ने मनासाय राखेको बताउनु भयो ।

उहाँले डा केसीले राखेका कर्णाली लगायत विकट क्षेत्रमा सरकारी मेडिकल कलेज संचालन गर्ने, शिक्षा शिक्षा ऐन सम्बोधन, वरिष्ठताका आधारमा नियुक्ती गर्नुपर्ने तगायतका माग सम्बोधन नगरेसम्म आफुहरुले आन्दोलन जारी राख्ने बताउनु भयो ।

उहाँले सरकारले डा केसीका माग सम्बोधन गर्ने मनासाय राखेर वार्ताका लागि बोलाएमा आफुहरु वार्ताका लागि जुनकसुकै समयमा तयार रहेको पनि बताउनु भयो ।

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै १९ औं पटक अनसनरत डा केसीको आज अनसनको २७ औं दिन हो । अनसनको अवधि लम्बिदै जाँदा डा केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको उहाँको निगरानीमा खटिएका चिकित्सकहरुले जानकारी गराएका छन् ।

जीवनशैली

चीनले नेपालको भुमि अतिक्रमण गर्यो भन्दै कपिलवस्तुमा प्रदर्शन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x