२ श्रावण २०८३, शनिबार

डा.गोविन्द केसीको जीवन रक्षाको माग राख्दै चिकित्सकहरुको आन्दोलन शुरु

एसीपी संवाददाता

२२ आश्विन २०७७, बिहीबार ०९:२० मा प्रकाशित

अनसनरत डा गोविन्द केसीको जीवन रक्षाको माग राख्दै आन्दोलनरत चिकित्सकहरुलेअस्पतालहरुको आकस्किम र कोभिड बाहेकका सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक संघको आव्हानमा चिकित्सकहरुले बिहिबार बिहान ९ देखि ११ बजेसम्म आकस्मिक र कोभिड बाहेकका सेवा ठप्प पारेका हुन् ।

चिकित्सकहरुले बिहिबार बिहानदेखि भने ९ देखि ११ बजेसम्म अस्पताल परिसरमा शान्तिपूर्ण धर्ना समेत दिएका छन् ।सरकारले गठन गरेको वार्ता टोलीले डा केसीको माग तत्काल सम्बोधन गरेर डा केसीको अनसन छिट्टै तोडिनेमा आफूहरु विश्वस्त रहेको बताएका छन् । संघले डा केसीको माग पुरा नगरे २३ गते दिनभर आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने निर्णय पनि गरेको छ ।

डा केसीको मागप्रति सरकारले वास्ता नगरेको भन्दै चौतर्फी विरोध शुरुभएपछि सरकारले बुधबार डा केसीसँग वार्ताका लागि वार्ता टोली गठन गरेको थियो ।शिक्षा मन्त्रालयले गठन गरेको वार्ता टोली र डा केसीको वार्ता टोलीबीच बिहीबार शिक्षा मन्त्रालयमा वार्ता शुरु भएको छ ।

चाइना विस्तारवाद मुर्दावाद,गो व्याक चाइना सहित डा.केसीको माग पूरा गर भन्दै जसपाको प्रर्दशन

चाइना विस्तारवाद मुर्दावाद,गो व्याक चाइना सहित डा.केसीको माग पूरा गर भन्दै जसपाको प्रर्दशन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x