तीज नजिकिँदै, नेपालगञ्जका कपडा पसलमा बढ्यो ग्राहकको भीड भारतकै रेटमा गुणस्तरीय कपडा पाइने नन्कुराम होलिराममा ग्राहकको आकर्षण
दिनेश ठाकुर नेपालगञ्ज ,भदौ १४ गते — हरितालिका तीज नजिकिँदै जाँदा नेपालगञ्जका कपडा पसलहरूमा ग्राहकको चहलपहल बढ्न थालेको छ। विशेषगरी तीजका लागि आवश्यक कपडा तथा अन्य सामग्री खरिद गर्न महिला तथा परिवारका सदस्यहरू बजारमा पुग्न थालेका छन्।
यसैक्रममा नेपालगञ्ज उद्योग वाणिज्य संघ भवनको ठीक सामुन्ने रहेको नन्कुराम होलिराम थोक कपडा पसलमा समेत ग्राहकको भीड बढेको सञ्चालक पक्षले जनाएको छ।
पसलका प्रोप्राइटर नन्दलाल बैश्यका अनुसार ग्राहकलाई भारतसम्म पुगेर कपडा खरिद गर्नुपर्ने अवस्था नरहोस् भन्ने उद्देश्यले प्रतिस्पर्धी मूल्यमा विभिन्न प्रकारका कपडा उपलब्ध गराउँदै आएको छ। उहाँका अनुसार भारतको बजार मूल्यसँग प्रतिस्पर्धा गर्ने गरी नेपालगञ्जमै कपडा उपलब्ध गराइएकाले ग्राहकको आकर्षण बढेको हो।
पसल सञ्चालकले हालको भन्सार तथा करसम्बन्धी व्यवस्थाका कारण भारतबाट खरिद गरेर ल्याउने र नेपालमै खरिद गर्ने मूल्यबीचको अन्तर कम हुँदै गएको दाबी गरेका छन्। यसले नेपालगञ्जमै किनमेल गर्ने उपभोक्तालाई थप सहज भएको उनीहरूको भनाइ छ।
नन्कुराम होलिराम नेपालगञ्जको पुरानो तथा विश्वास कमाएको कपडा पसलका रूपमा परिचित रहेको सञ्चालक पक्षको भनाइ छ। करिब ११३ वर्ष पुरानो व्यापारिक प्रतिष्ठानका रूपमा ग्राहकको विश्वास कायम राख्दै आएको र तीजलाई लक्षित गरी विभिन्न प्रकारका कपडा तथा थोक सामान उपलब्ध गराइरहेको जनाएको छ।
तीज नजिकिँदै गर्दा नेपालगञ्जको बजारमा बढ्दो चहलपहलले स्थानीय व्यापार–व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


