९ आश्विन २०८३, शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६१५ ग्रामभन्दा बढी अवैध सुनसहित दुई जना पक्राउ

एसीपी संवाददाता

८ आश्विन २०८३, बिहीबार १९:४२ मा प्रकाशित

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट भन्सार छली गरी ल्याइएको अवैध सुनसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कतारको दोहाबाट आएका यात्रीहरूलाई प्रयोग गरी सुनको कारोबार तथा ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पहिलो घटनामा, बाराको पचरौता नगरपालिका–१ पिपरपाटी घर भएका ३३ वर्षीय अनिस अन्सारीलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातुका विभिन्न गरगहना गरी ७९.६ ग्राम बरामद गरिएको छ।

त्यसैगरी, दोस्रो घटनामा कतारको दोहा हुँदै काठमाडौं आएका भारतीय नागरिक ४२ वर्षीय मोहम्मद चेरा थोडी को गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनलाई पनि बाह्य पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिएको छ। जाँचका क्रममा उनको साथबाट भन्सार छली गरी ल्याइएको ५३६ ग्राम सुनजस्तो देखिने पहेँलो पदार्थ फेला परेको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त, गौशाला पठाइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x