२६ आश्विन २०८३, सोमबार

थरुहट आन्दोलनलाई गति दिन थरुहट नेता सुरेन्द्र चौधरीको नेतृत्व अग्रसर

एसीपी संवाददाता

१९ पुष २०७७, आईतवार १०:४७ मा प्रकाशित

धनगढीः पुस २ गते उच्च अदालत दिपायलले यसअघि जिल्ला अदालत कैलाली गरेको टीकापुर घटना सम्बन्धी मुद्दाका फैसलालाई नै सदर गर्ने गरि फैसला सुनाएपछि थरुहट÷थारुवान मोर्चा आन्दोलित भएको छ।

एमसिसी सम्झौतामा ढिलाई हुँदा नेपालीलाई घाटा


मोर्चाले आफ्नो आन्दोलन अन्तगरगत टीकापुर थरुहट/थारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियान नै घोषणा गरेको छ। सुसुप्त अवस्थामा रहेको थरुहट आन्दोलनलाई गति दिन मोर्चाका केन्द्रीय सल्लाहकार समेत रहेका थरुहट नेता सुरेन्द्र चौधरीको नेतृत्वमा आन्दोलन घोषणा गरिएको हो।

संयोजक चौधरीले थरुहट आन्दोलन कुनै जाति विशेषको आन्दोलन नभएको बताउँर्दै समग्र उत्पीडित वर्ग तथा पहिचानको आन्दोलन भएकोले तर्क गर्छन्। 

राजनीतिक अधिकार प्राप्तिको आन्दोलनको क्रममा टीकापुर घटना घटेको भएपनि राज्य पक्षले व्यक्ति विशेषको आन्दोलनको रुपमा लिएर पूर्वाग्राही तरिकाले व्यक्ति विशेषलाई पक्राउ गरि जेल हाल्ने गतिविधि गरेको उनको भनाइ छ। जसको विरुद्ध आफुुले नेतृत्व लिएको चौधरी बताउँछन्।

चौधरीले भने, ‘यो घटनालाई राजनीतिक छलफलबाट समाधान गरिनुपर्छ । घटनालाई जाति विशेषको मुद्दा नबनाएर राष्ट्रिय मुद्दा बनाउनुपर्छ।’

टीकापुर घटनामा मात्र नभई मधेश आन्दोलनमा पनि सरकारी पक्षबाट दमन गरिएको उनको भनाइ छ। घटनाको छानविन गर्न आयोग गठन गरेपनि त्यसलाई अझै सार्वजनिक नगरिएकोप्रति आपत्ति व्यक्त गरिएको छ।

उनी दिनेशखबर सँग भने, ‘कुनै पनि अदालतले फैसलाको क्रममा सरकारी स्तरबाटै घटनालाई छानविन गर्न बनेका आयोग तथा समितिले तयार पारेका प्रतिवेदनलाई पनि आधार बनाउनुपर्छ। प्रधानमन्त्री कार्यालयमा हालसम्म लुुझाइएको छ। सार्वजनिक गरिएको छैन। कुनै पनि प्रतिवेदनले आन्दोलनकारीलाई दोषि ठहर नगरेको हाम्रो दाबी हो।’ 

२१ वटा विभिन्न संघसंस्थाहरु अभियानको पक्षमा रहेको उल्लेख गर्दै संयोजक सुरेन्द्र चौधरीले आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाइने बताउँछन्।

थरुहट/थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच दोहोरो झगप हुँदा १ नाबालकसहित ८ प्रहरीको ज्यान गएको थियो।

सो घटनामा रेशम चौधरी, थरुहट नेता लक्ष्मण थारुलगायतलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको हो।

राजबन्दी रिहाई राष्ट्रिय अभियान
अभियानले टीकापुर घटनालाई राजनीतिक सम्वाद र सहमति र निर्णयको आधारमा मुद्धा फिर्ता, खारेजी तथा आम माफी गरि बन्दीलाई निशर्त रिहाई गरिनु पर्ने र टीकापुर घटना लगायत मधेस र आदिवासी जनजाती आन्दोलनमा भएका घटनामाथि सत्यतथ्य छानविन गर्नका लागि पूर्व न्यायधीस गिरीसचन्द्रलालको संयोजकत्वमा न्यायीक छानविन आयोगको प्रतिवेदन, गृहमन्त्रालयद्वारा राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानविन आयोगको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।

ती प्रवेदनहरु मात्रै सार्वजनिक गरिए घटनाबारे ‘दुधको दुध, पानीको पानी’ झलंगै हुने भनाइ संयोजक चौधरीको छ।

अभियानले सुरु गरेको आन्दोलनमा पहिलो चरणको आन्दोलमा मानवअधिकारकर्मी राजनीतिक दल तथा नागरिक समाज अगुवाहरुसंग अन्तरक्रिया, पुस २० गतेदेखि माघ ६ गतेसम्म कञ्चदनपुरदेखि पूर्व नवलपुर नवलपसारीसम्म र माघ २० गतेसम्म चितवनदेखि झापासम्म जनजागरण अभियान गर्ने जनाएको छ।

दोस्रो चरणको अभियान अन्र्तगत धर्ना बस्ने, प्रर्दशन र सिडियोमार्फत ज्ञापन पत्र बुझाउने, केन्द्रिय स्तरमा राजनीतिक दलका नेता, सांसद लगायत नागरिक समाजसंग संंवाद तथा लविङ गर्ने, तराई मधेशका सबै स्थानीय प्रतिनिधीहरुलाई पेनडाउन गर्न लगाउने, महिला संयन्त्र परिचालन गरि कुचो झाडु जुलुस सहित प्रर्दशन, युवा परिचालन मार्फत जिल्लाहरुमा लाठी जुलुस, कैलालीमा संयुक्त आमसभाको आयोजना गर्ने रहेको छ।

को हुन् सुरेन्द्र ?
उच्च अदालत दिपायलले थरुहट÷थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुलाई कैद सजाय सुुनाएपछि थरुहट आन्दोलनको जिम्मेवारी सुरेन्द्रले लिएको बताइएको छ।

लामो समयदेखि पहिचानसहितको अधिकार प्राप्तिको आन्दोलनमा क्रियाशिल चौधरी विगत २० वर्ष विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा काम गरिसकेका छन्। संयुक्त संघको सल्लाहकार र विश्व बैंकको नेपालस्थित कार्यालयको वरिष्ठ कन्सल्टटेन्टको रुपमा काम गरेका उनी अब भने थरुहट आन्दोलनको जिम्मेवारी आफ्नो काँधमा लिएका हुन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x