१ श्रावण २०८३, शुक्रबार

दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह सन्चालक समिति बाँकेको बिवाद मिलेन

एसीपी संवाददाता

१ माघ २०८१, मंगलवार १९:३२ मा प्रकाशित

रिजवान मिर्जा ( न्युज फ्लेस ) 
नेपालगन्ज । दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह सन्चालक समिति नेपालगञ्जले अहवान गरेकाे तेस्रो पटकको साधारणसभा अन्ततः बिफल भएको छ । मंगलबार गर्न भनिएको साधारणमा सहभागीहरुले निर्वाचन प्रकृया सुरु गर्न माग गरेपछि कामचलाउ समितिका पदाधिकारीहरु सभा स्थलबाट रजिष्ट्रार लिएर फरार भएपछि साधारणसभा अन्ततः बिफल भएको हो ।

यसअघि दुई पटक साधारणसभा गरि सर्वसम्मतबाट सन्चालक समिति बनाउन अथक प्रयासका बावजुद असफल भई निर्वाचन नै गर्नेपर्न भएकोले निर्वाचन समिति समेत गठन गरि सकेको हुँदा निर्वाचन नै गर्नु पर्ने थियो । तर आज बाेलाइएकाे साधारणसभामा तानाशाही प्रणालीबाट पुन: आ-आफ्नो व्यक्तिहरुकाे नाममा जवरजस्ती संस्थाकाे बिधान विपरीत सहमति गराउन खोजेपछि मुस्लिमहरु प्रमुख जिल्ला अधिकारीलाई गुहारेका छन् ।

दुुई पटककाे साधारणसभाले सहमतिमा सन्चालक समिति गठन गर्न नसकेको कारणले नै निर्वाचन समिति गठन गरि निर्वाचनमा जाने उद्देश्यले निर्वाचन समिति गठन गरि समितिकाे तालिका अनुसार स्वच्छ पारदर्शी इमान्दारीका साथ निर्वाचन सम्पन्न गर्नुपर्ने थियो । तर म्यानुट रजिस्टरमा हस्ताक्षर गराई प्रस्ताव निर्णय केही नलेखी जथाभावी रुपमा साधारणसभा सम्पन्न भएको जानकारी गराई साधारणसभाका सदस्यहरुकाे अपमान गरिएको सदस्यहरुको भनाई छ ।

महिनाै देखि विवादमा घेरिएको पवित्र संस्थालाई सामान्य रुपमा लिनु हुँदैन । संस्थालाई नयाँ, पुरानोसँग कुनै सराेकार नरहेको र काम गर्ने भिजन भएका सक्षम व्यक्ति चाहिएको छ, याे तब मात्र पूरा हुन्छ जब स्वच्छ तरिकाबाट निर्वाचन सम्पन्न हुन्छ, जुन सदस्यहरु सक्षम व्यक्ति छान्नमा आफै सक्षम हुनुहुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x