१२ मंसिर २०८३, शुक्रबार
दाहाल नेपाल समुहका अखिलद्वारा मसाल जुलुस
प्रतिनिधिसभा बिघटनको विरोधमा अनेरास्ववियु आर आर कमिटीले मसाल जुलुश निकालेको छ ।
प्रतिनिधिसभा बिघटन असंवैधानिक भएको भन्दै उनीहरुले सोमबार साँझ मसाल जुलुश निकालेका हुन् । प्रधानमन्त्रीको कदम विरुद्ध प्रदर्शनीमार्ग स्थीत आर आर क्याम्पसबाट मसाल जुलुश निकालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले हस्तक्षेप गरेपछि नारावाजीमा उत्रेका अनेरास्ववियु आवद्ध बिद्यार्थीहरुले टायर बालेका थिए । प्रधानमन्त्रीको कदम सच्चाउनुपर्ने भन्दै विरोध स्वरुप मसाल जुलुस निकालिएको उनीहरुले जनाएका छन् ।
Subscribe
Login
0 Comments


