दिल्लीमा भाजपा बिजयी आँप दोस्रो काङ्ग्रेस जिरो
नयाँ दिल्ली – भारतीय जनता पार्टी (भाजपा ले ) २७ वर्षपछि दिल्लीमा पुनः सत्तामा आएको छ । यस चुनावमा आम आदमी पार्टी (आप)का धेरै नेताहरूले लज्जास्पद हार बेहोरेका छन्। आँप लाई सबैभन्दा ठूलो धक्का पुर्ब मुख्यमन्त्री अरबिन्द केजरीवालको पराजय हो । नयाँ दिल्ली सिटबाट भाजपाका प्रवेश वर्माले अरविन्द केजरीवाललाई ३ हजारभन्दा बढी मतले पराजित गरेका छन् ।
केजरीवाल बाहेक मनिष सिसोदिया र सत्येन्द्र जैनले पनि चुनावी मैदानमा हार बेहोरेका छन् । तर, मुख्यमन्त्री रहेकी आतिषीले आपको इज्जत जोगाएर कडा संघर्षपछि भाजपाका रमेश विधुरीलाई पराजित गर्दै जित दर्ता गराएकी छन् ।
आम आदमी पार्टी (आप) का प्रमुख अरविन्द केजरीवालले हार स्वीकार गरेका छन्। केजरीवालले भिडियो सन्देशमा आज दिल्ली चुनावको नतिजा आएको बताएका छन् । जनताको निर्णय जुनसुकै होस्, हामी पूर्ण नम्रताका साथ स्वीकार गर्छौं। म बीजेपीलाई जीतको लागि बधाई दिन्छु। जनताले उहाँलाई जुन आशाका साथ बहुमत दिएका छन्, त्यसैमा म आशावादी छु ।



