२ श्रावण २०८३, शनिबार

दुई तिहाई कम्युनिस्टको सरकार भ्रष्टाचारले लिप्त

एसीपी संवाददाता

२ मंसिर २०७७, मंगलवार ०२:३० मा प्रकाशित

बिनोद थारु । २१ कम्युनिस्ट शक्ति मिलेर अन्त्यमा के.पी. ओली र पुष्प कमल दाहाल मिलेर बनेको नेकपा र दुई तिहाई कम्युनिस्टको सरकार भ्रष्टाचारले लिप्त ।
बिश्वको इतिहासमा प्रजातान्त्रिक शक्तिको तुलनामा वाम शक्तिबीच फुटको शृंखला निकै रोचक छ । तर, धेरैले वास्ता नगरेको विषय कम्युनिष्ट शक्तिबीचको एकता हो ।

३ जेठ २०७५ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो र एकता प्रक्रियाहरु अघि बढाउदै स्थानिय निकायमा……………….

भोट ब्यापारको लागि जसो तसो ‘सांगठनिक संरचना’ मा पुरा एकता देखियो ।

२००६ सालमा जन्मिएर जुट र फुटको इतिहाससहित हुर्किएका कम्युनिष्ट शक्तिको तीन वर्षअघिको मिलनले इतिहासकै शक्तिशाली सरकार छ ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेकपासम्म आइपुग्दा वाम शक्तिबीच २१ पटक एकता भएको इतिहास छ ।

७० वर्षअघि (१० वैशाख २००६) मा पुष्पलाल श्रेष्ठको नेतृत्वमा बनेको नेकपाका अन्य संस्थापक नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोती देवी श्रेष्ठ थिए ।

२०१४ सालमा पहिलो विभाजनको बीउ रोपिएपछि लामो समय फुटको नियति बेहोरेका कम्युनिष्ट शक्ति तीन वर्षअघि एक ठाउँमा जुट्दा जुटको शृंखला २१ पुगेको छ र नेपाली जनताले शुशाशन,बिकास,भ्रष्टाचार मुक्त र राजनीतिक निकासको लागि नेपाल कम्युनिस्ट पार्टी लाई अपार मत दिएर दुई तिहाई सरकार बनाउने मौका त दिए तर कम्युनिस्टले जनताको मत लाई कदर गर्न सकेन, जनताको भोट चिन्न सकेन कम्युनिस्टले जनताको मतको अपमान गर्दै कमाई खाने भाँडोको रूपमा लियो कार्यकर्ताहरु रातारात करोडपती भए कयौं कार्यकर्ताहरु चप्पल लगाएर शहर पसेका चार पांग्रा गाडीमा सवार गर्न थाले करोडौंको महल ठड्याउनु समान्य कुरो भयो दलाली ,सेटिङ्गको र भ्रष्टाचारले देशै बेच्न थाले पनि संतुलन हुन सकेन र नेपाल कम्युनिस्ट बाम शक्ति २२औं पटक फुटको संघार।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x