२ श्रावण २०८३, शनिबार

दुई साताका लागि नेपाल एयरलाइन्स माथी प्रतिबन्ध,हङकङ प्रवेश निषेध

एसीपी संवाददाता

२१ आश्विन २०७७, बुधबार ०२:०७ मा प्रकाशित

File photo of Y12e aircraft with Nepali registration mark parked in Harbin, China.

राष्ट्रिय ध्वजवाहक नेपाल एयरलाइन्सलाई २ साताका लागि हङकङ प्रवेश निषेधित भएको छ । गत शुक्रबार काठमाडौं टु हङकङ फ्लाइट गरेको एयरलाइन्समा सवार ५ जना यात्रुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि हङकङले एयरलाइन्समाथि प्रतिबन्ध लगाएको हो ।

शुक्रबार साँझ ८ बजे नेपालबाट हङकङ उडेको एयरलाइन्समा सवार कुल १२० जना यात्रुहरुमध्ये ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हङकङले एयरलाइन्समाथि दुई साता प्रतिवन्ध लगाएको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काकाले बताइन् ।
योसँगै ४ अक्टोबर २०२० देखि १७ अक्टोवर २०२० सम्म नेपाल एयरलाइन्सले हङकङका लागि कुनै पनि फ्लाइट गर्न नपाउने भएको छ । प्रवक्ता खण्डकाकाअनुसार नेपालबाट कोरोना परीक्षण पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरुमा नै उता(हङकङ)मा पोजेटिभ देखिएको हो । हाल दुईवटा फ्लाइटमार्फत नियमित हङकङ उडान गरिरहेको नेपाल एयरलाइन्सको दुईवटै फ्लाइट २७ अक्टुबरसम्म क्यान्सिल हुन पुगेको छ । रातोपाटी साभार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x