१ श्रावण २०८३, शुक्रबार

देउवाले कांग्रेसका मन्त्रीसँग आज छलफल गर्दै

एसीपी संवाददाता

३ माघ २०८१, बिहीबार ०८:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुसँग आज सामूहिक छलफल गर्दै छन् ।

त्यसका लागि उनले विहीबार (आज) बिहान ८ बजे बुढानीलकण्ठस्थित निवासमा मन्त्रीहरुलाई बोलाएका छन् । बैठकमा संसदीय दल कार्यसमितिमा सदस्यहरुलाई पनि बोलाइएको छ ।

सो बैठकमा मन्त्रीहरुले गरेका कामको ब्रिफिङ लिने र प्रभावकारी काम गर्न निर्देशन हुने देउवाको सचिवालयले जनाएको छ ।

पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काम प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुई/दुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो । गत भदौमा पहिलो बैठक बसेको थियो भने दोस्रो बैठक बिहीबारका लागि बोलाइएको हो । कांग्रेसबाट १० मन्त्री र २ राज्यमन्त्री सरकारमा छन् । सरकारको नेतृत्व प्रकाशमान सिंहले गरेका छन् ।

कांग्रेसबाट मन्त्री हुनेहरुमा उपप्रधानसहित सहरी विकास सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का र वन तथा वातावरण ऐनबहादुर शाही छन् ।

दुई राज्यमन्त्रीमा रुपा विक र पूर्णबहादुर तामाङ छन् । विकले वन तथा वातावरण र तामाङले ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x