१ श्रावण २०८३, शुक्रबार

धार्मिक स्थानबाट निषेधाज्ञा नहटाए कडा कदम उठाउने चेतावनी

एसीपी संवाददाता

९ आश्विन २०७७, शुक्रबार १४:०९ मा प्रकाशित

संयुक्त धार्मिक संगठन संघर्ष समितिले देशभरिका धार्मिक स्थानहरुमा गरेको निषेधाज्ञा हटाउन माग गरेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले सरकारले धार्मिक स्थानहरुमा लगाएको निषेधाज्ञा नहटाए कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएको छ । संघर्ष समितिले जनताले धर्म, संस्कृति, सभ्यता, पूजा, अर्चना, न्यास र ध्यान गर्न पाउनुपर्ने बताउँदै अविलम्ब देशभरिका धार्मिक स्थानहरु खुला गरिनुपर्ने माग गरेको छ । त्यस्तै, समितिले यही असोज १ गते पशुपति क्षेत्रको भुवनेश्वर मन्दिर प्राङणमा पशुपतिनाथ मन्दिर खोल्नुपर्छ भन्ने माग राख्दै भजन गरेर वसेका भक्तहरुलाई प्रहरी हस्तक्षेप गरी लागी चार्ज गरेकोमा पनि सरकारको घोर भत्र्सना गरेको छ ।

कार्यक्रममा सनातन संस्कृति समाज नेपालका अध्यक्ष हरिबोल भट्टराईले धार्मि स्थानहरुमा निषेध र नियन्त्रण गर्न नहुने बताउँदै नियमित र व्यवस्थित् गर्नुपर्नेमा जोड दिनुभयो । उहाले पूजा, अर्चनामा लगाईएको बन्देज तत्काल खुला गरि जनताको धार्मिक अवस्था अनुसार पूजा अर्चना गर्न पाउने संवैधानिक धार्मिक स्वतन्त्रताको रक्षा गर्ने कार्य सहज बनाउन सरकारको ध्यानाकार्षण गराउनुभयो ।

संयुक्त संघर्ष समितिमा विभिन्न २२ धार्मिक संघरसंस्थाहरु आवद्ध छन् । जसमा सनातन संस्कृति समाज नेपाल, विश्व हिन्दू महासंघ राष्ट्रिय समिति, विश्व हिन्दू महासंघ नेपाल, विश्वहिन्दू परिषद, कोरोना आतंकविरुद्धको अभियान लगाएत छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x