१३ असार २०८३, शनिबार

नयाँ किसिमको कोरोना भाईरस पुग्यो ५० देशमा

एसीपी संवाददाता

२ माघ २०७७, शुक्रबार ०८:०६ मा प्रकाशित

एजेन्सी । बेलायतमा फेला परेको नयाँ प्रकृतिको कोरोना भाइरस ५० देशमा फैलिएको छ । चिनको बुहानबाट शुरु भएको कोरोना महामारीले अहिले बिश्वको थुप्रै देशमा मान्छेको मृत्यु देखि लिएर अर्थ तन्त्र ठुलो धक्का दिएको बेलामा थप नया पकृतीको कोरोना भाईरसले थप बिश्व चिन्तित भएको छ । यस्तै, दक्षिण अफ्रिकामा भेटिएको अर्को स्वरुपको भाइरस २० देशमा पुगेको पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको साप्ताहिक रिपोर्टमा जनाइएको छ ।

बेलायतमा पहिलो पटक १४ डिसेम्बरमा नयाँ स्वरुपको भाइरस फेला परेको थियो । यस्तै जापानमा भेटिएको तेस्रो प्रकृतिको भाइरसका बारेमा चिन्ता व्यक्त गर्दै यसले प्रतिरोधी क्षमतामा असर पार्न सक्ने भन्दै यसको परीक्षण हुनुपर्ने आवश्यकता रहेको डब्लुएचओले बताएको छ ।

संगठनका अनुसार कोरोना भाइरस जति बढी फैलन्छ, त्यो त्यति नै धेरै परिवर्तन हुने सम्भावना छ । नयाँ प्रकारको भाइरस पहिलाको तुलनामा थप फैलने किसिमको भएका कारण स्वास्थ्य प्रणालीमा असर पर्ने डब्लुएचओले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x