२६ आश्विन २०८३, सोमबार

नागरिक प्रदर्शनमा प्रहरी हस्तक्षेप केही घाइते

एसीपी संवाददाता

१२ माघ २०७७, सोमबार १३:५१ मा प्रकाशित

नागरिक समाजले गरेको बालुवाटार मार्च प्रहरीले हस्तक्षेप गरेको छ ।

शान्तिपूर्ण रुपमा कमलपोखरीदेखि बालुवाटारसम्म जाने क्रममा प्रहरीले भाटभटेनी अगाडि पुग्दा हस्तक्षेप गरेको छ । प्रहरीले हस्तक्षेप गर्दा केहि प्रदर्शनकारी घाइते भएका छन् ।  प्रहरीले लाठीचार्ज गरेपछि प्रदर्शनकारीहरुले प्रहरीबिरुद्ध नै नारा लगाएका थिए । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै नागरिक अगुवा, कवि, कलाकार, लेखक लगायतका अभियन्ताहरु सोमबारको प्रदर्शनमा सहभागी थिए ।  शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी प्रशासनले हस्तक्षेप गर्नुका साथै लाठी चार्ज गरेपछि लेखक तथा पत्रकार नारायण वाग्लेले यसलाई ‘तेस्रो जनआन्दोलन सुरु’ भएको संज्ञा दिनुभएको छ ।

घाइतेको पहिचान गरि उपचार सुरु गरिएको उहाले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x