१४ आश्विन २०८३, बुधबार

निर्वाचनको सुरक्षाका लागि नेपाली सेनाद्वारा आन्तरिक तयारी शुरु

एसीपी संवाददाता

९ माघ २०७७, शुक्रबार १३:१३ मा प्रकाशित

आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको निर्वाचनको सुरक्षालाई लिएर नेपाली सेनाले पनि आन्तरिक तयारी थालेको छ ।

निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयअन्तर्गत केन्द्रीय निर्वाचन सुरक्षा टोली सरकारले गठन गरिसकेको छ । जसमा अन्य सुरक्षा निकायसँगै सेनाको पनि प्रतिनिधित्व छ ।
निर्वाचन सुरक्षालाई अन्य सुरक्षा निकायसँग र सेनाभित्र पनि छुट्टै आन्तरिक तयारी भइरहेको छ । प्रधानमन्त्री ओलीले निर्वाचनमा जाने घोषणा गरेसँगै उत्पन्न हुने सुरक्षाका चुनौतीलाई ख्याल गरेर स्थानीय प्रशासनसँग मिलेर सुरक्षाको जिम्मेवारी बहन गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाका आठवटै पृतनालाई निर्देशन दिइसकेका छन् । थापाले केही सातायता भने संगठनको आफ्नो आन्तरिक भ्रमण र कार्यक्रममा मातहतलाई निर्वाचन सुरक्षाका लागि तयारी गर्न भनिरहेका छन् ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेल सरकारले गरेको निर्वाचनको घोषणाअनुसार सेनाले गृहकार्य गरिरहेको बताउँछन् । ‘संविधानअनुसार सरकारले दिएको जिम्मेवारीलाई हामीले पालना गर्ने हो,’ उनले भने । सेनासँग यसअघिका निर्वाचन सुरक्षाको अनुभव पनि रहेकाले काम गर्नका लागि सहज हुने उनले बताए । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x