२ श्रावण २०८३, शनिबार

निर्वाचित जनप्रतिनिधि सहित काङ्ग्रेस प्रवेश

एसीपी संवाददाता

२३ कार्तिक २०७७, आईतवार ०९:५४ मा प्रकाशित

अर्घाखाँची। नेकपा नेतृत्वको दुई तिहाईको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बरु उल्टै पार्टीको आन्तरिक किचलोमा रुमल्लिरहेको भन्दै देशका विभिन्न जिल्ला तथा स्थानिय तहमा नेकपाका कार्यकर्ताहरु पार्टी परिवर्तनमा लागेका छन् । यहि क्रममा अर्घाखाँचीको मालारानी ३ खनदहमा नेकपाबाट निर्वाचित वडा सदस्य सहित ४६ जनाले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका छन्
तत्कालिन एमालेबाट निर्बाचित वडा सदस्य सुमित्रा बिक सहितका ४६ जना शनिवार एक कार्यक्रमका बिच नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशीहरुलाई नेपाली कांग्रेसका सभापति बिष्णु खनाल मुस्कानले फुलमाला सहित स्वागत गरेका थिए । दुईतिहाईको सरकार बनेपछि देशमा स्थायित्व र विकाससँगै आन्तरिक रोजगारको अवसर सिर्जना हुनेमा विश्वस्त भएका जनता नेताहरुको एकपछि अर्को भ्रष्टाचार काण्ड तथा नाताबाद र कृपाबादमा मुछिँदा छाँगाबाट खसेजस्तै भएर आफैले दिएको मतलाई धिक्कार्न पुगेको प्रवेश गर्नेहरुको गुनासो थियो ।
दिनदिनै जनताको भरोसा गुमाइरहेको सरकारले जनतालाई निराषमात्र बनाएन कोभिड महामारीका नाममा भ्रष्टाचार गरेर अभिभावक बन्ने अवसर पनि गुमाएको नवप्रवेशी सुमित्राले बताइन । देशको हितमा लाग्ने पार्टी नेपालमा अब नेपाली कांग्रेस मात्र भएको भन्दै अन्य साथीहरुलाई पनि पार्टी परिवर्तन गरी कांग्रेसमा आउन उनले आग्रह गरिन । परिवर्तनकारी युवाहरु मिलेर देशलाई कांग्रेसमय बनाउने अभियानमा होमिएको जनाउँदै उनीहरुले नेकपाको अतिवाद जनताले नसहने बताए। खबरकुरा बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x