नेकपा नेतृ झाँक्रीले वर्तमान सरकारको आलोचना
नेपाल कम्युनिस्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीले वर्तमान सरकारको आलोचना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको पुन: विरोध जनाएकी छिन्। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै उक्त कदमको विरोधमा रहेको झाँक्रीले शनिवार सामाजिक सञ्जाल ट्वीटरमार्फत पुन: विरोध जनाएकी हुन्।
सरकारले काम गर्न नसकेको सत्य भएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटन गराएको बताइन्। ‘भ्रष्ट्रचारीको संरक्षण गरेको सत्य हो। हावादारी गफ गर्ने तर काम गर्न नसकेको सत्य हो। काम गर्न सकिन भने जाने संसदमा हो,’ झाँक्रीले भनेकी छिन्, ‘संसद विघटन गर्ने प्रधानमन्त्रीलाई यस्तो अधिकार नै छैन। यस्तो असंबैधानिक ओली कदमको जति निन्दा गरे पनि पुग्दैन।’ ओली सरकारले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा सत्ता र सडकमा बाँडिएको छ। नेपालदिप बाट


