नेकपा पार्टी फुट्न नदिन चिनियाँ दूत सक्रिय
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा फेरि एकपटक विभाजनको संघारमा पुगेपछि चिनियाँ दूतहरु पार्टी फुट्न नदिन सक्रिय भएका छन्।
विगतमा फुटको स्थिति आउन लाग्दा राजदूत होउ यान्छी नै सक्रिय भएर विवाद मिलाइदिने र केपी ओलीको सत्ता टिकाउँदै आएको भए पनि यसपालि भने एजेन्टहरु परिचालन भएका छन्। विगतमा आफै उपस्थित हुँदा राजदूतको आलोचना भएपछि यसपालि चीनका तर्फबाट दूतहरु परिचालन भएका हुन्।
खासगरी बुढिगण्डकी जलविद्युत आयोजनाको ठेक्का पाएको चिनियाँ कम्पनी गेजुवाका नेपाल प्रतिनिधि दीपक भट्ट, चिनियाँ समर्थक व्यवसायी सुरज वैद्यलगायत चीन निकट अधिकारीहरु प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच विश्वासको वातावरण सिर्जना गरी अहिलेको विवाद साम्य पार्ने प्रयासमा छन्। खासगरी सत्तामा रहेको ओली समूहले विभाजनको प्रस्ताव ल्याएपछि तरंग पैदा भएको छ। ओलीले प्रचण्डलाई अब पार्टी अलग गरौ भनिसकेका छन्। यस्तो अवस्थामा पूर्वमाओवादी र माधव नेपाल समूह भने एकताको पक्षमा छ।
ओलीलाई फकाउन चिनियाँ निकट व्यक्तिहरु अहिले नेताको घरघर पुगिरहेका छन्। उनीहरुले ईश्वर पोखरेल जनार्दन शर्मा, वर्षमान पुनसहित दोस्रो तहका नेतालाई भेटिरहेको स्रोतले जानकारी दिएको छ। रा
तदिन नेताहरुको घरदैलोमा अहिले चिनियाँहरु नेपाली एजेन्टसहित पुगिरहेका छन्। यसबाहेक उनीहरुले माओवादी नेतृत्वमाथि दबाब बढाउन प्रभावशाली नेताहरुका छोरामार्फत प्रयास गरिरहेका छन्। उपराष्ट्रपति नन्दबहादुर पुन, गृहमन्त्री रामबहादुर थापा, पूर्वसभामुख कृष्णबहादुर महरा, सभामुख अग्नि सापकोटासँग पार्टी बचाउन पहल गरिरहेका छन्।
चिनियाँ एजेन्टसँग उपराष्ट्रपतिका छोरा दिपेश पुन, गृहमन्त्रीका छोरा प्रतीक थापा, सल्लाहकार इन्द्रजित राईका छोरा निरज राई, उपाध्यक्ष वामदेव गौतमका छोरा हरिश गौतम, कृष्ण बहादुर महराका छोरा राहुल महरा, झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनाल खटिएका छन्।
विवाद मिलाउन चिनियाँ राजदूतले विभिन्न नेटवर्क परिचालन गरेकी छन्। यदि दूतहरु असफल भएमा उनी आफै मैदानमा उत्रिने बताइएको छ। नेकपा विवाद मिलाउन खटिएकाहरु व्यापारिक र राजनीतिक रुपमा चीनसँग जोडिएका व्यक्ति बढी छन्। साभार नेपालपाना


