१ श्रावण २०८३, शुक्रबार

नेकपा माओवादी केन्द्र कृष्णनगरको वडा नं ३ र ४ को‌ वडा समिति गठन

एसीपी संवाददाता

२५ मंसिर २०८१, मंगलवार २१:०९ मा प्रकाशित

कृष्णनगर, कपिलवस्तु मंसिर २५ , कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा माओवादी केन्द्रले आज कृष्णनगर नगरपालिका वडा नं ३ र ४ को वडा कमिटी विस्तार भएको छ।

खुर्सेद आलम खा र गीता देवी सुनारको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खा, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र आचार्य, काशीराम यादव, नेकपा माओवादी केन्द्र कपिलवस्तु संयोजक बिष्णु बेल्बासे लगायतको आतिथ्यमा वडा कमिटी विस्तार गरिएको छ।
नयाँ समिति विस्तार हुदाँ वडा नं ३ वडा कमिटी अध्यक्षमा मन्जूर अहमद, उपाध्यक्षमा प्रमेश्वर गुप्ता, सचिवमा मुजीबुल रहमान सहसचिवमा ओम प्रकाश मौर्या, कोषाध्यक्षमा सोम नाथ बरई लगायत एघार सदस्यि समिति गठन भएको छ।

वडा नं ४ मा नयाँ कमिटी गठनमा अध्यक्षमा गीता देवी सुनार, उपाध्यक्षमा चांद बाबु पठान, सचिवमा मोहम्द इरफान, सचिवमा यकरार अहमद खान, कोषाध्यक्षमा दिनेश कुमार नाउ लगायत पन्द्रह सदस्यि समिति विस्तार गरिएको नगर अध्यक्ष जाबेद आलम खांले जानकारी दिएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x