२ श्रावण २०८३, शनिबार

नेकपा विभाजनको संघारमा उभिएका बेला चिनियाँ रक्षा मन्त्रीको नेपाल भ्रमण

एसीपी संवाददाता

५ मंसिर २०७७, शुक्रबार १७:१० मा प्रकाशित

नेपालमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको संघारमा उभिएका बेला चिनियाँ रक्षा मन्त्री नेपाल भ्रमणको लागि आउने भएका छन्। नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ औ वर्षगाँठ मनाउन चिनियाँ रक्षा मन्त्रालय र स्टेट काउन्सिलरको जिम्मेवारी सम्हालेका जनरल वेइ फेङह नेपाल आउने भएका हुन्।
चीनले रक्षामन्त्री नेपाल आउने विषय नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयललाई जानकारी गराइसकेको छ। चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण निश्चित भएपछि सरकारले भ्रमणको तयारी समेत गरेको छ। गत वर्ष अक्टुवरमा चिनियाँ राष्ट्रपति सि जीनफिङको नेपाल भ्रमणपछि रक्षामन्त्री वेइ फेङह नेपाल भ्रमणमा आउन लागेका हुन्।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्षगाँठका अवसरमा नेपाल चाइना मिडिया फोरमले काठमाडौंमा आयोजना गरेको ‘युनानः सांग्रिला सांस्कृतिक आदानप्रदान कार्यक्रम’ मा उनी सहभागी हुने बताइएको छ।
एक वर्ष यता भारतले सुरक्षा कुटनीतिलाई महत्व दिइरहेका बेला चीनले पनि रक्षामन्त्री नेपाल भ्रमणका पठाएको हो।  नेपालको भूभाग लिपुलेक लिम्पियाधुरा कालापानी समेटिएर भारतले नक्सा जारी गरेपछि नेपालले पनि आफ्नो भूभागसहितको नयाँ नक्सा जारी त्यसको प्रतिउत्तर दिएपछि नेपाल भारत सम्बन्ध चिसिएको बेला भारतले सुरक्षा कुटनीतिलाई महत्व दिएको थियो। एक वर्ष यता नेपालमा भारतका कुनै पनि अधिकारीहरुको औपचारिक भ्रमण नभइराखेको सन्दर्भमा भारतले गत कात्तिक ५ गते भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामान्तकुमार गोयललाई नेपाल पठाएको थियो। त्यसपछि भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे कात्तिक २० गते नेपाल भ्रमणमा आएका थिए। भारतका विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि मंसिर ११ गते काठमाडौं आउँदै छन्।
सरकारी तहमा चिनिया अधिकारीहरुको कुनै भ्रमण नभएपनि सत्तारुढ दल नेकपाले आयोजना गर्ने विभिन्न भर्चुअल कार्यक्रममा भने चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरुले सम्बोधन गरिरहेका थिए। राजनीतिक स्रोतले जानकारी दिए अनुसार अहिलेको १० दिन भित्रै चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङह नेपाल आउने भएका हुन्। जनरल वेइ सन् २०१८ मार्चदेखि चीनको उपप्रधानमन्त्रीपछि पहिलो नम्बरका स्टेट काउन्सिलर र रक्षामन्त्रीको जिम्मेवारीमा छन्। उनी चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र र केन्द्रीय सैन्य आयोगका प्रमुख हुन्।
नेपालमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी आन्तरिक विवादमा फसेको बेला उनको यसप्रकारको भ्रमणलाई अर्थपूर्ण मानिएको छ। सत्तारुढ दलको सचिवालय बैठक मंसिर १३ गतेलाई राखिएको छ। नागरिकन्युज बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x