३ श्रावण २०८३, आईतवार

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्षको भेला

एसीपी संवाददाता

१२ मंसिर २०७७, शुक्रबार १८:३० मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताले सुनसरीको इटहरीमा भेला गरेका छन् ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का आफू निकट नेताको भर्चुअल भेला गरेको केही दिनपछि प्रचण्ड र माधव नेपाल पक्षका नेताले सुटुक्क भेला गरेका हुन् । ‘इटहरी ब्याङकेट’मा आयोजना गरिएको भेलामा नेपाल र ओलीपक्षका जिल्ला प्रदेश र केन्द्रीय तहका करिब ४० जना नेता सहभागि थिए ।

पार्टी भित्रको विवाद उत्कर्षमा पुगेका बेला १९ कात्तिकमा प्रधानमन्त्री ओलीले प्रदेश १ का आफू निकट नेताहरुको भर्चुअल भेला गराएका थिए । भेलामा संकट टार्ने एउटै उपाय भन्दै ‘जनताको बहुदलीय जनवाद -जबज)को मुद्दा जिल्ला र स्थानीय तहमा उठाउन निर्देशन दिए ।

प्रचण्ड-नेपाल पक्षको भेलामा नेताहरुले पार्टी विवाद सामधान गर्नका लागि पहल गर्नुको साटो ओलीले जवजको अस्त्र प्रयोग गरेको भन्दै असन्तुष्टि पोखेका छन् । ‘ओली पक्षले जस्तो कुनै एजेण्डा प्रस्तुत भएको छैन्’ बैठकमा सहभागि एक नेताले भने, ‘हाम्रो एजेण्डा पार्टी एकता जोगाउन नेतृत्वलाई दवाव दिने थियो ।’

भेलामा सहभागी नेकपा केन्ऽीय सदस्य महेश रेग्मीले पार्टी एकता सुदृढ गर्ने विषयमा छलफल भएको दाबी गरे । ‘पार्टी एकतालाई सुदृढ गराउने विषयमा सबैको एकमत रह्यो’ उनले भने, ‘केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्न भन्दै नेताहरुले सुझाव व्यक्त गर्नुभएको छ ।’

भेलामा नेकपा सांसद तथा पूर्व मन्त्री शिवकुमार मण्डल, राष्ट्रिय सभा सदस्य गोपीबहादुर अछामी लगायत सहभागी थिए । online khabar

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x