३ श्रावण २०८३, आईतवार

नेकपाका दुबै अध्यक्षलाई बामदेवको चेतावनी

एसीपी संवाददाता

१४ मंसिर २०७७, आईतवार ०५:५५ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा संगठन विभाग प्रमुख बामदेव गौतमले पार्टीको विधान बमोजिम बैठक बस्नुपर्ने र बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्ष अधिकार नभएको धारणा राख्नुभएको छ ।

आइतबार विहान आफ्नो धारणा सार्वजनिक गर्नुहुँदै गौतमले बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ । पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी वैठक वस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँंग परामर्श गरी बैठक बोलाउनुपर्छ ।’

उहाँले महासचिब विष्णु पौडेलतर्फ इङ्गित गर्दै अगाडि भन्नुभएको छ, ‘यस्ता व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पुर्याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न ।’

मंसिर १३ गते सम्पन्न सचिवालय बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्नुहुने दुवै अध्यक्षलाई धन्यवाद पनि ब्यक्त गर्नुभएको छ ।

उपाध्यक्ष गौतमले पार्टी बाहिर छरिएका हाम्रा विचारहरु पार्टीमा भित्रिएकाले अब चाहेमा समस्या समाधान गर्न सकिने धारणा पनि राख्नुभएको छ । उहाँले आफ्नो धारणा पत्रमा भन्नुभएको छ, ‘पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ । यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ । बैठक वस्न छलफल गर्न शुरु गर्दा साथ पार्टीको पुनर्जीवन शुरु भइहाल्छ । यो वैठक वस्ने वातावरण बनाउन जो–जसले मिहेनत गर्नुभयो उहाँहरुलाई धन्यवाद छ ।’ईमेजखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x