नेता विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपि शर्मा ओली वीच वानटुवान भेटवार्ता
पुजन विश्वकर्मा
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली सँग नेकपा एमाले मुख्यालय च्यासलमा प्रथम कम्युनिष्ट महिला राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको नेता को हैसियतमा वान टु वान भेटवार्ता गर्नु भएको छ । नेता भण्डारीको सचिवालयले अध्यक्ष केपि शर्मा ओली सँग समसामयिक राजनीतिका विषयमा मात्र कुरा भएको जानकारी दिएको छ ।
झण्डै २ घण्टा लामो छलफल पछि पार्टी मुख्यालय बाट बाहिरिनु भएको नेता भण्डारीले सञ्चारकर्मीले उहाँको पार्टी सदस्य नविकरणका सन्दर्भमा राखेको जिज्ञासामा भन्नुभयो “त्यो त पुरानो कुरा हो,पार्टी सदस्य नविकरण भइसकेको छ” ।शनिबार प्रचारविभाग प्रमुखले पत्रकारहरुका वीच नेता विद्यादेवी भण्डारीको सदस्यता पेन्डिङ राखिएको प्रचार गरेका थिए ।
पूर्वराष्ट्रपतिले राजनीति गर्ने कि नगर्ने भन्ने विषयमा विवाद सृजना गर्न खोजिए पनि नेता भण्डारीको सकृयता महासचिव शंकर पोखरेलले भने झै २ राजनीतिक दल र स्थिर सरकार निर्माणका सन्दर्भ र अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले भने झै नेकपा एमालेले अब देशको प्रधानमन्त्री महिला लाई बनाउछ भन्ने भनाईमा केन्द्रित भएको उहाँ निकट नेताहरुले बताउनु भएको छ ।
नेता भण्डारीले राष्ट्रपति र राजा अलग अलग विषय भएको र सेरेमोनियल र कार्यकारी अधिकार पृथक विषय भएकाले जनताको बहुदलिय जनवाद लागु गरेर अघि बढ्नुको विकल्प नभएको समेत बताउने गर्नुभएको छ ।


