नेपाल डेवलपमेन्ट सोसाइटी द्वारा नव निर्मित श्री भगवती आधारभूत विद्यालय भवन उदघाटन,
सुनसरीको ग्रामिण क्षेत्र रहेको हरिनगर गाउँपालिका नेपाल डेवलपमेन्ट सोसाइटी द्वारा नव निर्मित श्री भगवती आधारभूत विद्यालय, हरिनगर गाउँपालिका वडा नं- ६ घुस्कीमाका सम्पूर्ण अगुवाहरु लगायतका उपस्थितीमा श्री भगवती आधारभूत विद्यालयलाई Nepal Development Society द्वारा भवन हस्तान्तरण तथा उद्गघाटन कार्यक्रम भब्यको साथ सम्पन्न भएको हो।
कुवेती संस्था रहमा इन्टरनेशनल सोसाइटी द्वारा Nepal Development Society, प्रधानकार्यालय काठमाण्डाै द्वारा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभा अध्यक्ष अबदुल सत्तार अन्सारी, प्रमुख अथिती हरिनगर गाउँपालिकाका अध्यक्ष श्री गफार अन्सरी इस्लामी संघका अध्यक्ष नजरुल हुसेन ज्यू उपाध्यक्ष रिमझिम भगत ज्यू शिक्षा शाखाका प्रमुख बाबा ठाकुरी रिजाल शिक्षा शाखाको अजित कुमार मलिक वडा नम्बर ६ का वडा सदस्य जागिर अंसारी समाजसेवी दाउद नेपाल Nepal Development Society का विभिन्न पदअधिकारीहरू लगायतको उपस्थितिमा र गाउँको सम्पुर्ण गाउँ बासीहरुको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि हरिनगर गाउँपालिकाका अध्यक्ष हाजि गफार अंसारी कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षामा अझै लगानी गर्नु पर्ने छिट्टै सुनसरीमा युनिभर्सिटी बनाउने समेत प्रतिवद्धता व्यक्त गरेका हुन्।
कार्यक्रममा विशिष्ट अतिथि इस्लामिक संगका अध्यक्ष नजरुल हुसैन कार्यक्रम सम्बोधन गर्दै भने हामी संग शिक्षा अति नै कमी रहेको हामीलाई पहिला शिक्षामा लगानी गर्नु पर्ने र गलत कुलतमा परेका बालबालिका तथा युवा पुस्त्तालाई त्यसबाट टाडा राख्नु पर्ने बताउनु भयो।
कार्यक्रममा उपस्थिती कि गाउँ कि एक महिला अथिति राम देबी मण्डल Nepal Development Society लाई ध्यानाकर्षण गर्दै श्री भगवती आधारभूत विद्यालय अझै एक तल्ला भवन थप गर्दिन हुन अनुरोध गरेका हुन।
Nepal Development Society एक गैर सरकारी संस्था हो। कुवेती संस्था रहमा इन्टरनेशनल सोसाइटी कुवैतसँग मिलेर नेपालमा परोपकारी र मानवीय कामहरू गर्दै आइरहेको छ हाल यो संस्था नेपालको विभिन्न ठाउँमा कार्य भइरहेको संस्थाका अध्यक्ष अबदुल सत्तार अन्सारीले जानकारी दिनु भयो। जासुसखबर बाट साभार



