२ श्रावण २०८३, शनिबार

नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियान, लज्जास्पद की नाटकमात्र?

एसीपी संवाददाता

३० भाद्र २०८१, आईतवार ०९:१४ मा प्रकाशित

कपिलवस्तु, भाद्र ३०

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विगतका दिनमा चलाएको शुद्धिकरण अभियान आफैमा अशुद्ध भएको जानकार हरु बनाउछन्।   

जिल्ला , प्रदेश तथा केन्द्रीय समितिमा समेत आफ्नो आसेपासे तथा अन्य लाई बचाएर अरु जस्को पहुँच कम भएका तथा पत्रकारिता रूपमा सक्रिय रहे पनि शुद्धिकरणका नाममा उनीहरूको नाम हटाइएको छ।

केन्द्रीय समितिले जारी गरेको सर्कुलर अनुसार स्थायी, अस्थायी, करार कर्मचारी तथा अन्य पेशामा आबद्ध रहेका तथा पत्रकारिता क्षेत्रमा लामो समय देखि निष्क्रिय रहेका र अन्य मापदंड बनाई नेपाल अधिराज्यभर शुद्धिकरण अभियान चलाएको थियो। तर त्यो अभियान भने सोझा साझा र माथिल्लो निकायमा पहुच न भएको लाई मात्र लागु हुने जस्तो मात्र सिमित रहेको कपिलवस्तुका एक जना सक्रिय पत्रकारले बताएका छन्।

साथै पत्रकार महासंघ कपिलवस्तु शाखामा पनि पहुँचका बलमा शुद्धिकरण अभियान लाई लजास्पद बनाइएको घटना बाहिरिएको छ। शुद्धिकरणका नाममा आफ्ना आसेपासे तथा मापदंडको धज्जी उडाउदै केन्द्रीय समिति बाट भाद्र २९ गते जारी गरिएको सदस्यको सूचिले प्रमाणित गरेको छ।

जनताको आवाजको रूपमा पत्रकार रहेपनि पत्रकारको छाता संगठनका रूपमा रहेको नेपाल पत्रकार महासंघ आफै सक्रिय पत्रकार लाई शुद्धिकरणका नाममा हटाएर मापदंड विपरीत सदस्यता को सूचि प्रकाशन गरेको प्रति तमाम पत्रकार बिरोध जनाउदै आएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x