२२ आश्विन २०८३, बिहीबार

नेपाल-भारत संयुक्त विजनेस फोरम गठन हुने

एसीपी संवाददाता

२२ मंसिर २०७७, सोमबार ११:५९ मा प्रकाशित

दुई देशबीचको व्यापार सहजीकरण गर्न नेपाल र भारत संयुक्त विजनेस फोरम गठन हुने भएको छ । सोमबार सम्पन्न नेपाल भारत वाणिज्य सचिवस्तरीय व्यापार तथा लगानी सहजीकरण सम्बन्धी संयन्त्र (आईजीसी) बैठकमा यस्तो समझदारी बनेको हो ।

भिडियो कन्फरेन्स मार्फत भएको बैठकमा व्यापार एवम् वाणिज्य क्षेत्रका प्रमुख एजेन्डामा भएका प्रगतिबारे समीक्षा गरिएको छ । बैठकमा व्यापार तथा पारवाहन सन्धीको बृहत समीक्षा, रेलसेवा सम्झौतामा संशोधन, लगानी प्रवर्द्धनका लागि भएका पहल तथा प्रयास, दुबै पक्षबीच व्यापार पूर्वाधारको विकास तथा सहकार्यको विषयमा छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

व्यापार तथा वाणिज्य सम्बन्ध तथा सम्पर्कलाई भविष्यमा अझ सुदृढ बनाउन सरकारी स्तरमा गर्नुपर्ने प्रयासकाबारे पनि दुवै पक्षबीच विस्तृत छलफल भएको भारतीय दूतावासको विज्ञप्तिमा जनाइएको छ ।

यता उद्योग वाणिज्य तगा आपूर्ति मन्त्रालयले भने बैठक नसकिएको जनाएको छ । अनलाइनखबरसँग कुराकानी गर्दै मन्त्रालयकी सह प्रवक्ता उर्मिला केसीले माईन्युटमा हस्ताक्षर हुन बाँकी रहेको बताइन् ।

भर्चुअल बैठकको नेपाली नेतृत्व वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले गरेका थिए भने भारतको तर्फबाट उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभागका सचिव डा. गुरुप्रसाद मोहपात्रसहितको टोली सहभागी थियो । अनलाइनखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1
0
Would love your thoughts, please comment.x
()
x